नाकावन्दीका कारण चितवनका यातायात व्यवसायीले ४ करोड गुमाए

राजेन्द्र आचार्य 

चितवन, २१ फागुन । गत असोजदेखि माघसम्म भारतले गरेको नाकाबन्दीका कारण करिव चार करोड घटा पुगेको चितवनका व्यवसायीहरुले बताएका छन् ।12810056_1043286615713143_1668797331_o

चितवन माईक्रो वस यातायात व्यवसायी संघको १३ औ बाषिर्क साधारण सभामा बोल्दै जिल्लाका व्यवसायीहरुले इन्धन अभावले यो क्षेत्रले ४ करोड बढी नोक्सानी खेप्नु परेको जानकारी गराए ।

कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले यातायात क्षेत्रको विकासका लागि सबै व्यवसायीहरु मिलेर एकीकृत कार्ययोजनासहित अघि बढ्नुपर्ने बताए ।

‘जिल्लामा ९ वटा संस्थाका गरि १५ सय बढी सवारी साधन छन्’संघका अध्यक्ष कपिल पाण्डेले भने ‘५० प्रतिशत मात्रै गाडी चालाउन हामीले सक्यौ, तर पनि अझै चितवनमा इन्धन असहज नहुदां ४ करोड बढी नोक्सान भएको छ ।’

सभामा बाल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय सल्लाहकार प्रभुप्रसाद गुप्ताले नाकावन्दी वीरगञ्जमा रहेको यातायात कार्यालय समेत लामो समय सम्म बन्द हुँदा सावारी नविकरण र बैंक व्याज समेत व्यवसायी तिर्न नसक्ने अवस्था रहेको भन्दै यस तर्फ सरकारले ध्यान दिन आग्रह गरे ।

यस्तै सभालाई सम्बोधन गर्दै नेपाल यातयात व्यवसायी संघका अध्यक्ष मित्रराज केसीले, सरकारले सिन्डीकेट प्रथा खारेज गरे पनि अझै हट्न नसकेको भन्दै स्वच्छ प्रतिस्पर्धा नभएसम्म यातायात क्षेत्र धरासायी हुने बताए ।संघका सचिव ईश्वरीप्रसाद अधिकारीले प्रगती प्रतिवेद र कोषाध्यक्ष टिकाराम भुषालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको सभामा १ कर्मचारी, ५ चालक, ५ सह–चालक र ५ व्यवसायीसहित १५ जनालाई यातायात क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै सम्मानसहित पुरस्कृत समेत गरिएको थियो । 12787311_1043286699046468_755391256_o
संघका अध्यक्ष कपिल पाण्डेको अध्यक्षतामा सम्पन्न सभामा संघका कार्यालय सचिव चित्रबहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेको थिए । भने सभामा चितवन यातायात व्यवसायी संघ (छाहरी) का अध्यक्ष बद्री पौडेल, मध्य नेपाल यातायात व्यवसायी समितिका अध्यक्ष चिनिबहनदुर बोहरा, पूर्वी चितवन टेम्पो व्यवसायी संघका अध्यक्ष दामोदर शाही, चितवन टेम्पो तथा मिनि माईक्रो तथा मिनिबस समितिका अध्यक्ष हित बहादुर पाण्डे लगायतले यातायात क्षेत्रका समस्याका विषयमा बालेका थिए ।