देवदह मेलामा दर्शकको घुँईचो बढ्दै

विनोद श्रेष्ठ
देवदह, २१ फागुन । । रुपन्देहीको देवदहमा लागेको दोस्रो देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा दर्शक तथा मेला अवलोकन कर्ताहरुको घुँईचो बढ्न थालेको छ ।

मेलामा दर्शकको अन्य दिनको तुलनामा दर्शको घुँईचो बढेको मेला सचिवालयले जनाएको छ । कृषि, कृषिजन्य उत्पादन, गार्मेन्ट, कृषि औजार, अटो पेभेलियन, हस्तकला लगायतका स्थानीय उत्पादनका करिव दुई सय स्टलहरु राखिएको मेलाका माध्यमले बुद्ध मावली देवदहका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सघाउ पुग्ने मेला अयोजक मुल समितिका संयोजक तथा देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले जानकारी दिनुभयो ।

मेलामा रहेका स्थानीय कृषि तथा कृषि जन्य उत्पादनका स्टल, हस्तकला, गार्मेन्ट तथा मेलाका आर्कषणका रुपमा रहेका हात्ति सफारी र ऊँटको अवलोकनका लागि दर्शकको घुईचो बढेको मेलासचिवालय संयोजक प्रमोद खनालले जानकारी दिनुभयो ।
यस्तै मेलामा साँस्कृतीक कार्यक्रममा पनि दर्शकको उल्लेखनीय सहभागिता बढेको साँस्कृतीक उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिनुभयो । साँस्कृतीक कार्यक्रम अन्र्तगत  लोक गायक प्रजापति पराजुली, सपना गाहाँ, आधुनीक पप गायक रामजी खाँड, कमल खत्री, हास्यँकलाकार उज्वल गिरी (दानबीर), आधुनीक गायक खेम थापा लगायतका कलाकारहरुले आआफ्ना प्रस्तुती देखाएका छन् ।
यस्तै लोकगायक बद्री पंगेनी, गायक कमल खत्री, हास्ँयकलाकार राजा राजेन्द्र, लोकगायिका रुपा जीएम, नृत्यकार निलम ढुङ्गाना, लोक गायक दिपक गरौजा, गायक हरि नरायण लगायतका स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतीक कार्यक्रम संयोजक अर्यालले जानकारी दिनुभयो