कांग्रेसमा ६४ पदका लागि ३७५ जनाको उम्मेदवारी दर्ता

काठमाडौ, २१ फागुन । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि ६४ पदमा ३७५ जनाको उम्मेदवारी परेको छ ।सभापति पदमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताको समय शुक्रबार मध्यान्ह १२ बजेसम्मको समय तोकिएको थियो । महामन्त्री पदमा पौडेल पक्षबाट शशांक कोइराला, देउवा पक्षबाट अर्जुननरसिंह केसी र सिटौला पक्षबाट गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोषाध्यक्षमा चार उम्मेदवार

तीन प्यानल भए पनि कोषाध्यक्ष पदमा भने चार जनाको उम्मेदवारी परेको छ । पौडेल प्यानलबाट सीतादेवी यादव, देउवा प्यानलबाट चित्रलेखा यादव र सिटौला प्यानलबाट उमाकान्त चौधरीको उम्मेदवारी परेको छ ।स्वतन्त्र तर्फबाट स्याङ्जाका कृष्ण कार्कीले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

खुलातर्फ २५ जना केन्द्रीय सदस्यका लागि ९४ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेशबाट २-२ जनाको दरले १४ सदस्यका लागि १ सय २ जनाको उम्मेदवारी परेको छ ।

महिला आरक्षण तर्फ ६ जनाका लागि ४० जना, दलित आरक्षण तर्फ ३ जनाका लागि २१ जना, दलित तर्फकै महिला २ जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै आदिवासी जनजाति आरक्षणतर्फ ३ जनाका लागि ५० जना, आदिवासी जनजाति तर्फकै महिलामा २ जनाका लागि १४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

मधेसी आरक्षण तर्फ ३ जनाका लागि १८ जना, मधेसी महिला तर्फ २ जनाका लागि १० जना, मुस्लिम १ सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published.