आयो एसएलसी १ तयारी पूरा, ६ लाख १५ हजार परीक्षार्थी

भक्तपुर, फागुन २१ । यस वर्षको एसएलसी परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।slc

परीक्षामा यस वर्ष ६ लाख १५ हजार परीक्षार्थी सहभागी हुने कार्यालयले जनाएको छ ।

जसमा नियमित र एक्जाम्टेड गरी ६ लाख १२ हजार तथा प्राविधिकतर्फका तीन हजार परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।

नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार चार सय १७ परीक्षार्थी परीक्षामा सहभागी हुनेछन् ।

सबैभन्दा बढी काठमाडौंमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जना परीक्षार्थी परीक्षामा सामेल हुँदैछन् ।

यस वर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार चास ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

एसएलसीको नतिजा ग्रेडिङ सिस्टममा सार्वजनिक हुने भएकाले उत्तीर्णांक उल्लेख नगरी प्रश्नपत्र छपाइ भएको कार्यालयले जनाएको छ ।

एसएलसी परीक्षाको लागि यो वर्ष अधिकांश जिल्लामा उत्तरपुस्तिकासहित प्रश्नपत्रसमेत पठाइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए ।

यस वर्षको एसएलसी चैत्र १८ गतेबाट सुरु हुँदैछ ।