अग्यौली सामुदायीक पुस्तकालयको सहयोगमा एसएलसी तयारी कक्षा

भबिश्वर पाण्डे
नवलपरासी, २१ फागुन । नवलपरासीको डण्डामा रहेको अग्यौली सामुदायीक पुस्तकालयको सहयोगमा एसएलसी दिने दुई बिद्यालयको करीब ६० जना बिद्यार्थिहरुलाई एसएलसी परिक्षाको तयारी कक्षा उपलब्ध भएको छ ।16030440school

जिल्लाको डण्डामा रहेको उक्त अग्यौली सामुदायीक पुस्तकालयले कावासोती नगरपालीका अन्र्तरगत डण्डा शहिदनगरमा रहेको जनता उच्च माध्यमिक बिद्यालयका ३० जना र कावासोती नगरपालीकाकै त्रिभुवनटारमा रहेको जनता उच्च माध्यमिक बिद्यालयको ३० जना गरी तथा जेहेन्दार बिद्यार्थिलाई एसएलसी तयारी कक्षा उपलब्ध गराउन पुस्तकालयले सहयोग गरेको अग्यौली सामुदायीक पुस्तकालयका अध्यक्ष सुर्य प्रसाद पाण्डेले बताएका छन् ।

नवलपरासी जिल्लाको पर्यटकीय क्षेत्र डण्डामा २०५६ सालमा स्थापना भएको पुस्तकालयले सन् २०१४ देखी एसएलसी दिने गरीब तथा जेहेन्दा र बिद्यार्थिहरुलाई आर्थिक समस्या पर्ने र एसएससी परिक्षा उर्तिण गर्ने समस्या देखीने त्यस्ता बिद्याथिहरुलाई पुस्तकालयको आर्थिक सहयोगमा एसएलसी तयारी कक्षा सञ्चालन गरेको अध्यक्ष पाण्डेले जानकारी दिए ।

सन् २०१४ मा पुस्तकालयले डण्डा कै शहिदनगरको जनता उच्च माध्यमिक बिद्यालयमा पहिलो पटक सञ्चालन गरेको एसएलसी तयारी कक्षा सो बिद्यालयको नतिजामा २० प्रतीशत नतिजा पहिलेको तुलनामा बढी आएको बिद्यालयको प्रचार्य मेगनाथ बसनेतले बताएका छन् । बसनेतका अनुसार अग्यौली सामुदायीक पुस्तकालयले आफनो बिद्यालयमा अध्यन गर्ने गरीब तथा जहेन्दा बिद्यार्थिहरुलाई अतिरिक्त कक्षा अध्यन गर्ने सहयोग पाएपछि पहिलेको तुलनामा नतिजा केही बढी भएको बताएका छन् ।

पछिलो समय सञ्चालन भईरहेको त्रिभुवनटारको जनता उच्च माध्यमिक बिद्यालयमा भने सो क्षेत्रको थारु समुदायको , माझि , मुसहर, बोटे जातीका बिद्यार्थिहरुले पुस्तकालयको सहयोगमा सञ्चालन भएको अतिरिक्त कक्षामा पढन पाएको उक्त बिद्यालयका अग्रेजि शिक्षक तिर्थराज कडेलले जानकारी दिए । अग्यौली सामुदायीक पुस्तकालयले सञ्चालन गरेको एसएलसी तयारी कक्षामा बिद्यार्थिको माग अनुसार अग्रेजि , बिज्ञान र गणित बिषयको कक्षा सञ्चालन भएको पुस्तकालयका अध्यक्ष सुर्य प्रसाद पाण्डेले बताए ।

नवलपरासी जिल्लाको नमुना र उच्च स्थान ओगटन सफल भएको उक्त पुस्तकालयले एसएलसी तयारी कक्षा मात्रै नभएर जिल्लाको नवलपुर क्षेत्रमा रहेको दुर्गा प्रावि बाघखोर ,बरैलीको सिंहनाथ प्रावि र बर्मस्थानमा रहेको बर्म प्राविमा करीब २० लाख लगानीमा पुस्तकालयको स्थापना गरीएको पुस्तकालयका अध्यक्ष पाण्डेले बताए ।

डण्डा क्षेत्रमा रहेर पुस्तकालय भनेको किताब कापी राखेर पढाउनु मात्र नभएको र मानिसहरुलाई हरेक गतिबिधिमा सक्रिय बनाउने र देशको बिकासमा सहयोग गर्ने योग्य बनाउनु पुस्तकालयको कार्य मानेर पुस्तकालयमा किताब पढाउनुको साथै पुस्तकालयको माध्यमबाटै सहरा महिला बचत तथा क्रिण सहकारी सस्था खोल्नुको साथै नवलपुर क्षेत्रमा रहेको किसानहरुलाई किसान तालिम दिने गरेको पुस्तकालयको अध्यक्ष पाण्डेले बताए । सो क्षेत्रमा पुस्तकालय सञ्चालन सगै नवलपुर क्षेत्रका १५ जना भन्दा बढी ले प्रत्यक्ष रोजगार पाएको र २ सय जना भन्दा बढी अप्रत्यक्षरुपमा रोजगार पाएको अग्यौली सामुदायीक पुस्तकालयले जनाएको छ ।

पुस्तकालयको कार्यक्षेत्र डण्डा मात्र रहेकाले पछिलो समय सस्थाले आफनो कार्यक्षेत्र समेत नवलपरासी जिल्ला भरी नै गराई धेरै भन्दा धेरैलाई साक्षर बनाउने अभियान सञ्चालन भएको पुस्तकालयका उपाध्यक्ष बद्रीनाथ नेपालले जानकारी दिए । उपाध्यक्ष नेपालको अनुसार कार्यक्षेत्र बढाएसगै नवलपरासी जिल्लाको देबचुलि नगरपालीकाको प्रगतीनगर , देउराली गाविस, कावासोती नगरपालीका–१५ , कोल्हुवा गाविस र जहदा गाविसमा सेटलाईट(शाखा )पुस्तकालय स्थापना गरेको बताए ।

उक्त सेटलाईट पुस्तकालय स्थापना गर्ने सस्थाले ५० लाख भन्दा बढी रकम लागाएको समेत उपाध्यक्ष नेपालले बताए । पुस्तकालयले गर्ने कार्यहरुमा कतारको रोटा प्रोजेक्ट अन्तरगतक ग्रामीण शिक्षा रोजगार बिकास(रिड)नेपालले अर्थिक सहयोग गर्ने गरेको उपाध्यक्ष नेपालको भनाई छ ।