९९ क्युफिट अबैध काठसहित ३ पक्राउ

सौराहा अनलाईन
चितवन, २१ फागुन । चितवनमा अवैध काठ तस्करमा संलग्न रहेको ३ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । truckभने साथै उनीहरुबाट ९९ क्युफिट अबैध काठ फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं उपरिक्षक वसन्त कुवंरले सौराहा अनलाईनलाई जानकारी दिए ।
गएराति विशेष सूचनाका आधारमा चितवन प्रहरीले पुर्वबाट आउँदै गरेको ना ५ ख ४६१८ नं.को ट्रकमा चिरान गरेको ९८.८७ क्युफिट अबैध काठ फेला पारी उक्त काठ बरामद गरी अवैध काठ तस्करमा संलग्न रहेको ३ जनालाई समेत पक्राउ गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट सादा पोशाकमा खटिएका प्रहरी सहायक निरीक्षक सिकेन्द्र प्रसाद शाह सहितको टोलीले पुर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका वडा नं.–८ लक्ष्मीनारायण चोकमा काठसहित उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीको लागीे जिल्ला वन कार्यालय चितवनमा बुझाई सकेको समेत चितवन प्रहरीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.