बन्दीपुर लैजादै अमिर (भिडियोसहित)
चितवन, १९ फागुन । भरतपुर नौरङगेका अमिर गुरुङले पछिल्लो समय ‘बन्दीपुर जाउ“’ बोलको गीत बजारमा ल्याएका छन् । पर्यटकीय क्षेत्र बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित उनले सो गीत रचना गरेका हुन् । पर्यटक पथप्रर्दशकका रुपमा करिब १० वर्ष सम्म कार्य गरेका अमिरले यसअघि ‘माया लाग्छ चीनजान भएपछि’ बोलको लोकदोहरी गीत बजारमा ल्याएका थिए । उनको नया“ गीतको म्यूजिक भिडीयो समेत तयार भैसकेको छ । सो गीतको म्यूजिक भिडियोलाई स्ट्रीम नेपालले यूटुवमा समेत राखेको छ ।
बन्दीपुरमा छाया“कन भएको सो म्यूजिक भिडियो बन्दीपुर बजार, तीनधारे, रानीवन, सिद्धगुफा, थातीमाई, खड्कमाई जस्ता चर्चित दृश्यहरु समावेश गरिएका छन् ।
गायक अमिर गुरुङले बन्दीपुरको वास्तविक दृश्य म्यूजिक भिडियोमा समावेश गरिएको बताए । उनी स्वयम गायक भएपनि रामचन्द्र काफ्ले, जुनु रिजालले उनले तयार गरेको गीतमा स्वर दिएका छन् । रेशम गुरुङ, जेनी सेर्पा, माया गुरुङ र उनी स्वयमले अभिनय गरेका छन् । बन्दीपुरको कलासंस्कृति, भेषभुषा बारे म्यूजिक भिडियो हेरेपछि सहज रुपमा दर्शकले अध्ययन गर्नसक्ने उनको भनाई छ ।
उनको पहिलो एल्वममा समावेश गरिएका गतीहरुमा राजुपरियार, शर्मिला गुरुङ, खड्क गर्वुजा मगरले समेत स्वर दिएका थिए । उनी आफैले गाएको ‘कहा हो तिम्रो गाउ’ बोलको गीत चर्चामा छ । उनी आजभोली नया“ गुरुङ भाषाको चलचित्रका लागि गीत लेखन मा व्यस्त बनेका छन् । उनी स्थापित गायक, गितकार, संगित कारका रुपमा चिनिने दौडमा छन् ।