नवलपरासीका ६० हजार बढि बालवालिकालाई भिटामिन ए खुवाईदै

दयाराम आचार्य
नवलपरासी, १ढ फागुन । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत भोलि र पर्सी गरी हिमालि जिल्ला बाहेकका देशका अन्य सम्पुर्ण जिल्लामा ६ महिना देखि ५ बर्ष सम्मका बालवालिकालाई भिटामिन ए र १ बर्ष देखि ५ बर्ष सम्मका बालवालिकाहरुलाई जुकाको औषधि खुवाईदै छ ।IMG_0128
राष्ट्रिय भिटामि ए कार्यक्रम अन्र्तगत नवलपरासीमा पनि भोलि र पर्सि गरी सम्पुर्ण नगरपालिका र गाविसका बालवालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइदै छ ।
अभियान अन्र्तगत नवलपरासी जिल्लामा ६ महिना देखि ५ बर्ष सम्मका ६३ हजार ७ सय २७ बालवालिकालाई भिटामिन ए र १ बर्ष देखि ५ बर्ष सम्मका ५५ हजार ७ सय २२ बालवालिकालाई जुकाको औषधि खुवाईने जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका जनश्वास्थ्य निरीक्ष्ँक छवि गिरीले जानकारी दिनु भयो ।
जिल्लाका सम्पुर्ण नगरपालिका र गावसका प्रत्यक वडाहरुमा बिहान ९ बजेबाट साझ ५ बजे सम्म भिटामिन ए र जुकाको औषधि खुवाउने ब्यवस्था मिलाईएको र त्यसका लागि जिल्लाभर ७ सय १४ स्वास्थ्य स्वयमसेविका परीचालन गरीने समेत जनश्वास्थ्य निरीक्षक गिरीले जानकारी दिनु भयो ।