दश जिल्लाका सिडिओ फेरिए

 
काठमाडौ , १९ फागुन । गृह मन्त्रालयले दश जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । gerehaगृह मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट सहसचिव स्तरका प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन तथा सरुवा गरेको हो । गृह मन्त्रालयले भर्खरै सहसचिव भएका बाबुराम गौतमलाई पाल्पा र हरि नेपालीलाई स्याङजाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले अन्य आठ जिल्लाका सिडिओ हेरफेर गरेको छ । सरुवा हुनेहरुमा पाल्पाका प्रजिअ प्रेम लामिछानेलाई मन्त्रालयमा,स्याङजाकी प्रजिअ इन्दु घिमिरेलाई कपिलवस्तुको प्रजिअमा,कपिल्वस्तुका प्रजिअ अब्दुल कलाम खाँंलाई कैलालीमा सरुवा गरेको छ ।

त्यसैगरी कैलालीका मोहन चापागाईलाई सुनसरीमा,सुनसरीका रविलाल पन्थलाई बाँंकेमा र बाकेका वेदप्रसाद लेखकलाई प्रहरी किताबखानाको महानिर्देशकमा सरुवा गरेको छ । त्यसैगरी गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम सप्तरीमा र सप्तरीका नारायणप्रसाद भट्टको गोरखामा सरुवा भएको छ ।