राष्ट्र बैंकको डेपुटी गर्भनरमा शिवाकोटी र श्रेष्ठ नियुक्त

काठमाडौं, फागुन १९ । सरकारले नेपाल राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमा पदपूर्ति गरेको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चिन्तामणि शिवाकोटीलाई वरिष्ठ डेपुटी गभर्नर र शिवराज श्रेष्ठलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।
यसैगरी, बैठकले सहसचिव एकनारायण अर्याललाई कोलकाता, गोविन्द कार्कीलाई ल्हासा र कमल भट्टराईलाई हङकङको महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, मन्त्रिपरिषद बैठकले भूकम्पबाट क्षति पुगेका निजी आवासहरुको पुनःनिर्माणका लागि ऋण सहयोगसम्बन्धी कार्यविधिसमेत पारित गर्नुका साथै छिन्ताङ एवं टिम्बुरबोटेकान्डका सहिद एवं बेपत्ता परिवारका विषयमा अध्ययन गर्न पनि कार्यदल बनाएको सरकारका प्रवक्ता एवं सन्चारमन्त्री शेरधन राइले जानकारी दिए ।