शीवरात्रीमा क्याम्पाचौरमा टिएसएन् चितवन म्यूजिक फिष्टा कन्सर्ट

चितवन, १९ फागुन । नारायणगढको क्याम्पाचौरमा महाशीवरात्रीको दिन २४ गते यूवाहरुलाई लक्षित गर्दै वृहत कन्सर्ट हुने भएको छ ।10400147_1036733096349409_367908826378943299_n

वुई नाइन इभेण्टस्ले ‘टिएसएन् चितवन म्यूजिक फिष्टा थ्री’ वृहत कन्सर्ट गर्न लागेको हो । सो कार्यक्रममा आउट साइडर्स व्याण्ड, आरोग्य व्याण्ड, डिजे ज्याक, डिजे प्रोसेज लगायतले आफ्नो प्रस्तुती दिनेछन् ।

सो कार्यक्रममा विशेष आकर्षणका रुपमा दार्जलिङमा रहेर नेपाली संगीतमा साधनारत गायक विपुल क्षेत्रीसमेत सहभागी हुनेछन् । पछिल्लो समय ‘सिन्डीकेट’ गीतबाट चर्चा पाइरहेका गायक विपुल क्षेत्रीको ‘डँढेलो’, ‘सिन्डीकेट’, ‘मन’, ‘राम साईंली’ लगायत गीतबाट चर्चित छन् । लण्डनको ‘ट्रिनिटी कलेज’बाट क्लासिकल गितारमा स्नातक गरेका छन् ।
नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा टिएसएन इभेण्टका अध्यक्ष रुपेश सेनले व्यवस्थित र सुरक्षित बनाउन सिसिटिभिको निगरानीमा कार्यक्रम गरिने बताए ।

टिएसनका कोषाध्यक्ष सन्तोष सुनारले कार्यक्रम गर्न २१ लाख ४० हजार खर्च लाग्ने बताए । म्यूजिक फिष्टाको मुख्य प्रायोजक जिंक भोड्काले कार्यक्रमको प्रवद्र्धन गर्न करिब ४० प्रतिशत सहयोग गर्ने भएको छ ।
शीवरात्रीको दिन कन्सर्ट हुन लागेपनि कार्यक्रम स्थालमा मदिरा, सूर्तिजन्य प्रदाथको प्रयोगमा कडाई गरिने आयोजकले जनाएको छ । कार्यक्रमबाट प्राप्त आम्दानी मध्येबाट खैरहनी ४ मा रहेको राप्रावीलाई स्टेशनरी सहयोग गर्ने जनाएको छ ।
ऋजबत अयलखभचकबतष्यल भलम