चित्रवनको ५ वडा पूर्ण खोप युक्र वडा घोषण

प्रस्ताव सुवेदी
चितवन, १९ फागुन । चितवनलाई पूर्ण खोप जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत आज साविकको शारदानगर गाउ विकास समितिलाई हालको चित्रवन नगरपालीका वडा नम्वर एक देखि ५ सम्मका वडालाई पूर्ण खोप वडा घोषणा गरीएको छ ।kop

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुधन कोईरालाले एक कार्यक्रमका विच ती वडाहरुलाई पूर्ण खोप वडा घोषणा गर्नु भएको हो । ती वडाहरुमा हाल दुई हजार आठ सय ५९ घरधुरी,मा १५ हजार ६३ जनाले वसोवास गर्दै आएका छन् ।
जसमा ११ महिना भित्रका एक सय ४२, एक वर्ष देखि २३ महिना सम्मका एक सय ६२ वालवालीका रहेका छन् । ती वालवालीकालाई विसिजि, हिज, पेन्टाफाईब, डिपिटि, पोलीयो, उअख, एमआर लगाएतका खोपहरु पूर्ण भएको स्वास्थ्य चौकि सारदानगरका प्रमुख शुर्य तिवारीले वताउनु भयो ।

चौकिले गरेको सर्वेक्षणका आधारमा ती वडाहरुलाइृ पूर्ण खोप वडा घोषणा गरीएको हो । पूिर्ण खोप वडा घोषणा गरीए पनि ती वडाहरुमा पाँच स्थानमा खोप केन्द्र राखी हरेक महिनाको ११ गते देखि १५ गते सम्म संञ्चालन गरीने चौकिका प्रमुख तिवारीले बताउनु भयो ।
ती वडाहरुलाई पूर्ण खोप वडा घोषणा गर्ने कार्यक्रममा वोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुधन कोईरालाले कार्यक्रम गरेर मात्रै नहुने भन्दै यसलाई निग्रानि गर्नु अति आवश्यक रहेको वताउनु भयो ।

जनताले यस कार्यक्रम पछि केहि कमि कम्जोरी भए त्यसलाई सच्चाउन सक्नु पर्ने र प्रभावकारीता खोज्नु पर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति शालिग्राम पौडेल, नगर प्रतिनिधिहरु तोममान सिंह गुरुङ्, नेकपा एमालेका विष्णुहरी तिवारी, एकिकृत नेकपा माओवादीका पितम्वर पोख्रेल लगाएतले वोल्नु भएको थियो ।
कार्यक्रम स्वास्थ्य चौकी व्यावस्थापन समितिका पूर्व अध्यक्ष आश बहादुर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।