अखिल क्रान्तिकारी सहिद स्मृतिमा ओस्तीको नेतृत्व (तस्वीरसहित)

बिकास पौडेल
चितवन ,१९ फागुन । चितवन रत्ननगर नगरपालिका ३, टाँडीमा रहेको सहिद स्मृति बहुमूखि क्याम्पसमा एकिकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को भातृ संगठन अखिल क्रान्तिकारी को इकाइ सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले अमृत ओस्तीलाई अध्यक्षमा सर्वसमत निर्वाचित गरेको छ भने ४१ सदस्य कलेज कमिटी निर्माण गरिएको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारी का केन्द्रीय सचिव एवम् ३ नम्बर प्रदेशका फ्याक्सन इन्चार्ज बिजय हमालको प्रमुख आतिथ्यतामा भएको थियो ।
हमालले सम्बोधनका क्रममा छिटै हुने स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनमा आफ्नो संगठन १ नम्बरको संगठन भएर देखाउने दावी गर्दै निर्वाचन सम्ममा सम्पूर्ण क्रान्तिकारी बिधार्थी एक हुने समेत हमालले दावी गर्नु भएको छ । क्रान्तिकारी लाइ कम्जोर सोचेर कोहि जुद्न आए तिनीहरूको सिंग निकालेर क्रान्तिकारीले फाल्दिने समेत बताउनु भएको छ ।
एक फरक प्रसंगमा हमालले कलेजको नाम फेर्दा सम्म देखे नदेखे जस्तो निकम्बा बढनेर बस्ने कलेज प्रमुखले तत्काल राजीनामा दिनु पर्ने र कुनै पनि पार्टीले पार्टी कार्यालय कलेज बनाउन नभई कलेजलाई कलेजको रुपमै राख्न पर्ने र बोरु बिस्व बिधालय बनाउन माग गर्नु पर्नेमा त्यसो नभई कलेजको नामनै परिवर्तन गर्दा समेत चुपलागेर बस्ने कलेज प्रमुखले कलेजको हित गर्न नसक्ने बताउनु भएको छ ।
कलेजमा नेपाली काँग्रेस निकट बिधार्थी संघ नेपाल बिधार्थी संघले कलेजको नाम सहिद स्मृति बहुमुखी कलेजको ठाउँमा नेपाल बिधार्थी संघ बहुमूखि कलेज लेखिएको छ ।
सोको कलेजका सम्पूर्ण बिधार्थी संगठनले बिरोध गर्दा सम्म कलेज प्रमुखले यस बिषयमा खासै चासो नदिएको क्रान्तिकारी का नव निर्वाचित अध्यक्ष अमृत ओस्तिले बताउनु भएको छ ।
कार्यक्रममा एनेकपा माओवादीका केन्द्रीय सदस्य इश्वरी भटराई, क्रान्तिकारीका केन्द्रीय सदस्य नारायण आचार्य, दिलिप पौडेल, जिल्ला संयोजक साजन अधिकारी लगाएतले बोल्नु भएको थियो भने भेला आयोजक समितिका संयोजक एवम् नवनिर्वाचित अध्यक्ष अमृत ओस्तिको अध्यक्षतामा सम्पन भएको
थियो ।