माटोका सामाग्री नविकेपछी जिविकोपार्जनमा समस्या

सावित्री रेग्मी

नवलपरासी, १९ फागुन । पछिल्लो समय आधुनिकताका नाममा हाम्रो मौलिक संस्कृति , रितिरिवाज चालचलन बोलिचालि भेषभुषा, रुचि लगाएतका कुराहरुमा परीवर्तन हुदै आएको छ ।murd

अझ विशेष गरी पर संस्कृतिको प्रभाव बढ्दै गएको छ जसका कारण हाम्रा पुराना शैलि , भेषभुषा लगाएतका कुराहरुमा विस्तारै परीवर्तन हुदै आएको छ । हाम्रो देशको शन्दर्भमा कुरा गर्ने हो भने बहु सांस्कृति भएको मुलुकको स्पमा चर्चित रहेकोछ ।तर समयको परीवर्तन संगै हरेक समुदायले आफ्नो मौलिक संस्कृति विर्सदै गएका छन ।
जसको कारण पुराना पुस्तालाई आफ्नो संस्कृतिको जर्गेर्ना गर्न निकै मुस्किल पर्दै गईरहेको छ । यसै मध्येको एक हो थारु समुदायले निमार्ण गर्ने माटाका सामग्री ।

बजारमा निस्केका आधुनिक प्लास्टिका साम्रगीहरुले माटा बाट निमार्ण गरीने सामाग्रीहरुलाई पछाडी पारेको छ । वावु वाजेका पाला देखी नै माटोका सामागी जस्तै माटोका चुला, डोरी, टोकरी लगाएतका बस्तुहरु निमार्ण गरेर जिविको पार्जन गर्दै आएको यो समुदायका अधिकांश मानिसहरु अहिले वजारमा निस्केको ग्यांसको चुलो, भुसको चुलो र अन्य प्लाष्टिकका बस्तुहरुले गर्दां माटाका सामग्रीको प्रयोगमा कमि आएको कावासोति १३ का दल वाहादुर गरौ वताउंछन ।

माटोका विभिन्न किसीमका यस्ता सामग्रीहरु निमार्ण गरेर त्यसलाई विक्रि गरी आएको पैसाले घर चलाउन निकै सजिलो भएको थियो तर अहिले वजारमा विभिन्न किसीमका आधुनिक सामग्रहरुले आफुहरुको सामग्री वेचेर घर चलाउन समस्या परेको गुरौ वताउंछन । एक दुईले मात्र होईन यो समुदायका अधिकासं मानिसहरु यसरी नै यो काम यसैमा निर्भर रहने पनि हुन्छन भने अझ यो त आफ्नो बावु बाजेले गर्दै आएको पेशा हो ।

यसै वाट आफ्नो जिविका गर्दै आएका हुन वाबु वाजेले तर पछिल्लो समय संकटमा पर्दै गएको कावासोति १३ कि दिना गुरौ यसो भन्छिन । माटोको सामग्री समग्र थारु समुदायको एउटा पहिचान पनि हो । यसले संस्कृतिको महत्वलाई समेत झल्काउंन । विस्तारै माटोका सामग्री प्रयोग नहुदां थारु समुदायको यो पहिचान समेत संकटमा पर्दै गएको छ ।

त्यसैले यसको संरक्षणको निम्ति आफुहरुले पनि नयां पुस्तालाई सिकाउंदै आएको र यसमा सरकारको तर्फ वाट पनि सहयोगको उत्तिकै खाचो रहेको गुरौ वताउंनुहुन्छ ।

समय सापेक्ष हरेक मानिसको आनि वानि ,रुचि लगाएतका कुराहरुमा परीवर्तन आउनु सकारात्मक पनि हो तर परीवर्तन भन्दैमा आफ्नो संस्कृति लाई विर्सेर पर संस्कृतिलाई आंगाल्न भने हुदैन ।

त्यसैले यो समुदायको जस्तै अन्य समुदायहरुका पनि विभिन्न किसीमका आफ्नै मौलिक संस्कृति छन जुन पछिल्लो समय संकटमा पर्दै गएका छन । त्यसैले हरेक समुदायले आफ्नो मौलिक संकृति जोकाउन एक जुट भएर लाग्न आवश्यक छ ।