नाम जस्तै काम गर्ने बुद्ध

नविन पौडेल

नवलपरासी, १९ फागुन । ४५ वर्षका बुद्ध सुनार (विश्व आत्रेय ) यतिवेला स्थानीय जातका गाईको संरक्षणमा जुटेका छन् । जर्सी जातको गाई तर्फ किसान आकर्षित भएपछी गोठमा वाधेँका (काठे) गाई किसानले फुकालेर छाडां छोडीदिए ।P1090322

यसरी गाई वेवारीसे भएको देखेपछी सुनारको मनमा यिनिहरुको संरक्षण गर्ने सोचं पलायो । हिन्दु धर्ममा लक्ष्मी मान्ने गाईको सेवामा नै जिवन विताउने सुनारको काममा अहीले सहयोगी हात समेत वढ्न थालेको छ । स्थानीय जातको गाई लोप हुन लागेको भन्दै नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा स्थानीय जातको गाई संरक्षणमा लागेका हुन् ।

कावासोतीमा रहेको विश्वकर्मा मन्दिरको हातामा विश्व माता गौशालामा अहीले ३८ वटा गाई छन् । गाई घरमा उन्नत जातको गाई पाल्न थालिएपछि स्थानीय जातको गाईको हेला हुन थालेको र सडक, चोक, गल्ली गल्लीमा हेला गरेर गाईलाई छाड्ने गरिएपछि यसलाई संरक्षण थालिएको हो ।

नाम जस्तै काम गर्ने बुद्ध वि.सं.२०६६ देखि गौशाला निर्माण गरी यहां स्थानीय जातको गाईको संरक्षणमा लागेको सुनारले बताउनुभयो ।स्थानीय जातको गाई वातावरणीय संरक्षणमा महत्वपूर्ण हुने भएकोले पनि यसको संरक्षणमा लागिएको सुनारको भनाई छ । नवलपरासीमा पछिल्लो पटक दुधको उत्पादनका लागि उन्नत जातको गाईहरु पालन गर्ने र नेपालको स्थानीय जातको गाई पालन गर्न छाडेका कारण स्थानीय जातको संरक्षण शुरु गरिएको हो ।

हिन्दु धर्म अनुसार गाईलाई गौमाता र लक्ष्मी देवीको रुपमा पुजा गरिनुका साथै स्थानीय जातको गाईको गोबर, गहुत औषधिको रुपमा काम गर्ने भएकाले अहीले औषधिकोरुपमा समेत गहुतको प्रयोग वढाउन लागिएको छ । यहां स्थानीय बासिन्दाहरुले गरेको आर्थिक सहयोग, धार्मिक दान आदिबाट गौशाला सञ्चालनमा आएको छ ।

यहां स्थानीय जातको गाईको गहुतबाट औषधि समेत उत्पादन गरिएको छ । दिउंसो सामुदायिक वनको जंगलमा चराउने र सांझ विहान पराल, कुडो पानी दिएर गाई पालन गरिएको छ । सोका लागि स्थानीय लेखनाथ वस्याल लगाएत अन्य सहयोगी हातहरुले सहयोग गर्दै आईरहेका छन् । गाईका लागि चरनको व्यवस्था नहुदा अहीले पाल्न समस्या भएको छ ।

सुरुसुरुमा स्थानीय सामुदायिक वनको चौरमा दिनभर चराउदा गाईका लागि आवश्यक आहारा जुटाउन समस्या नभएपनी अहीले वनले गाई चराउन रोक लगाएपछी समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published.