मुलुकलाई समृद्धिको बाटोमा लानका अब आर्थिकक्रान्ति

विनोद श्रेष्ठ
बुटवल, १८ फागुन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकलाई समृद्धिको बाटोमा लानका अब आर्थिकक्रान्तिको विकल्प नभएको बताउनु भएको छ ।mela

सरकारको अर्जनदृष्टि भनेकै मलुकलाई समृद्धि बनाउने भएको उल्लेख गर्दै उहाँले राजनीतिक क्रान्तिको बहानामा मुलुकलाई कसैले पनि बन्दक बनाउन नपाउने बताउनुभयो । रुपन्देहीको देवदहमा मंगलबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले मुलुकमा अधिकारको लाडाई सकिएकाले विगतबाट पाठ सिक्दै नयाँ ढंगले मुलक निर्माणको दिशामा लाग्न सबैसँग आग्रह गर्नुभयो ।

नेपाली स्वाभिमानको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले आत्मनिर्भरताका लागि मुलुकमा प्रसस्त संभावना रहेको बताउनुभयो । उहाँले आत्मनिर्भरमुखि बन्नका लागि कृषि तथा कृषि जन्य उत्पादन पर्यावरण, वन पैदावर लगायतका प्रसस्त संभावना भएकाले तिनको प्रयोग गरि आत्मनिर्भरताको दिशामा लाग्न जरुरी रहेको आवश्यकता औल्याउनुभयो । उहाँलेभन्नुभयो–‘‘आत्मनिर्भरताको दिशामा लाग्नका लागि छिमेकी मुलुकले लामो समय नाकाबन्द गरेर देखाएको छ । अब कसरी आत्मनिर्भरबन्न भन्ने सोच्न जरुरी छ, अझै पनि त्यसबारेमा सोच्न नसकिए मुलुक कहिलै समृद्धि बन्न सक्दैन ।’’

सरकारले पछिल्लो समय उत्पादनमुखि कार्यक्रम र योजनाका लागि योजनाहरु बनाउदै आएको जानकारी गराउदै मन्त्री पाण्डेले मुलुकका अन्य क्षेत्रजस्तै रुपन्देहीको मोतिपुरमा प्रस्तावना गरिएको औद्योगिक क्षेत्र चाडैनै संचालनमा आउने स्पष्ट पार्नुभयो । रुपन्देही उद्योग र ब्यापारको दृष्टिकोणले धेरै अगाडि रहेका स्मरण गराउँदै उहाँले औद्योगिक क्षेत्र विस्तारलाई सरकारले प्राथमिकता साथमा लिएको जानकारी गराउनुभयो ।

देवदह क्षेत्र पर्यटकीय महत्व बोकेको क्षेत्रसँगै कृषिमा पनि अगाडि रहेको बताउदै देवदह क्षेत्रको विकासमा आफ्नो भुमिका सदैव सकारात्मक हुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद् अब्दुल रज्जाकले देवदह क्षेत्र बुद्धसँग सम्वन्धित क्षेत्र हुदाँहुँदै पनि लुम्विनी विकास कोषले खासै महत्व नदिएको बताउनुभयो । लुम्विनी सँगै बुद्धसँग सम्वन्धित अन्य क्षेत्रको समान रुपले विकास हुनु पर्ने विचार राख्दै उहाँले लुम्विनी विकास कोषले देवदहलाई पनि सँगसँगै लैजानु पर्ने बताउनुभयो ।

मेला आयोजक संस्था देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष शिव सुवेदी, एमाओवादीका नेता रामप्रसाद बन्जाडे, नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, नेकपा क्रान्तिकारी माओवादीका नमराजपुरी, लुम्विनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्ग, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंह, आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख सरदचन्द्र पौडेल, देवदह उद्योग बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ लगायतले देवदहमा लागेको मेलाले स्थानीय उत्पादनको प्रवद्धन र बजारीकरणमा भुमिका खेल्ने भएकाले मेलाको सफलताका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

संघका महासचिव प्रमोद खनालको संचालनमा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले धन्यवाद ज्ञापन गर्नु भएको थियो । “देवदहमा उद्योग व्यापार विस्तार गरौं। ऐतिहासिक सांस्कृतिक, धार्मिक, कृषि एवं पर्यटकिय नगरीको रुपमा परिचित गराऔं ।” भन्ने मुल नाराका साथ मंगलबारदेखि देवदहको बुद्धनगरमा सुरु भएको मेला फागुन २९ गते सम्म चल्ने छ ।

देवदह क्षेत्रको समग्र ऐतिहासिक सांस्कृतिक, धार्मिक, कृषि एवं पर्यटकिय स्थलहरुको प्रचारप्रसारलाई महत्व दिइएको मेलामा कृषि, गार्मेन्ट, हस्तकला, स्थानीय उत्पादन राखिएको छ । यस्तै मेलामा देवदह क्षेत्रका पर्यटकीय स्थलको अवलोक गराउनका लागि हात्ति र उठको सफारी समेत राखिएको छ ।

यसैगरी बुधबारको साँस्कृतीक कार्यक्रम अन्र्तगत लोकगायक पुरुषोतम न्यौपाने, मन्जु पौडेल, आधुनीक पप रुपक डोटेल, गायक ज्योती काफ्ले, पुस्कल शर्मा तथा स्थानीय धनबहादु गुरुङ्गको प्रस्तुती रहने साँकृती उपसमितिका संयोजक तेजु अर्यालले जानकारी दिनुभयो ।