दाना उत्पादनमा गुणस्तरियता ल्याउनुपर्ने

 

चितवन, १८ फागुन । कुखुराको दाना उत्पादनमा गुणस्तरियता ल्याउनुपर्ने कुखुरा व्यवसयीहरुले बताएका छन् । चितवन नवलपुर दाना वितरक संघको दोस्रो साधारण सभाका वक्ताहरुले पछिल्लो समयमा दानाको गुणस्तरीयता नएको भन्दै स्वस्थकर दाना उत्पादन नगर्न आग्रह गरेका छन् ।pot

राष्ट्रिय पंछि रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख पुरुषोत्तम प्रसाद त्रिपाठीले कमसल खालको प्रविधि प्रयोग गरेर चितवनमा दाना उत्पादन भएको भन्दै मानिसको स्वास्थ्यमा असर नपु¥याउने खालको दाना उत्पादन गर्न आग्रह गरे । नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय सदस्य प्रकाश बावु खनालले दानाको मुल्य बृद्धि भएको कारण किसानहरुलाई कुखुरा व्यवसाय गर्न कठिन भएको गुनासो गरे ।

त्यसैगरी, वैशाखमा आएको विनाशकारी भूकम्प र त्यसपछिको अघोषित नाकाबन्दीका कारण दाना उद्योग व्यवसायीहरुलाई समस्या परेको बताइएको छ । दोस्रो साधारणसभाका क्रममा व्यवसायीहरुले देशमा नयाँ संविधान निर्माणपछि विभिन्न राजनीतिक दल तथा समूहहरुको बन्द हटतालका कारण पोल्ट्री क्षेत्र प्रभावित भएको बताए । तराई आन्दोलन तथा नाकाबन्दीका कारण दानको लागि चाहिने कच्चा पदार्थ आयात हुन नसक्दा कुखुरापालक किसानहरुले सहज रुपमा दाना खरिद गर्न सक्ने अवस्था नभएको व्यवसायीहरुको गुनासो रहेको छ ।

इन्धन अभावका कारण उत्पादित वस्तुहरु बजारसम्म पु¥याउन समेत नसक्दा थप समस्या परेको चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष रामलाल भुषालले बताए । चितवन नवलपुर दाना वितरक संघले स्थापनाकालदेखि नै समग्र पोल्ट्री क्षेत्रलाई मर्यादित र दिगो पेशा बनाउनको लागि गंभीर भएर अगाडि बढेको भुषालको भनाइ छ । संघका महासचिव विनोद पोखरेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कुखुरापालक किसानलाई आगामी एक वर्षभित्रमा संघको अगुवाईमा विभिन्न चार स्थानमा तालिम दिइने बताए ।

दानको मूल्य समायोजनको लागि नेपाल दाना उद्योग संघसँग निरन्तर संवाद र समन्वय गर्ने तथा दाना उद्योहगरुको डिलर दिँदा संघसँग परामर्श गर्न अनुरोध गरिने पोखरेलको भनाइ छ । चितवनमा उत्पादित चल्लाको मूल्य भारतीय बजार मूल्यको अनुपातमा राख्ने व्यवस्थाका लागि नेपाल ह्याचरी उद्योग संघसँग संवाद र समन्वय गरिने पोखरेलले बताए ।

संघका कोषाध्यक्ष प्रकाश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाका अवसरमा जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक रामकुमार कार्की, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल, नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलगायतले मन्तव्य राखेका थिए । चितवन नवलपुर दाना वितरक संघका अध्यक्ष रामलाल भुषालको अध्यक्षतामा भएको साधारणसभाका प्रमुख अतिथि नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष शंकर प्रसाद कंडेल रहेका थिए ।

Leave a Reply

Your email address will not be published.