ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धादिङ, फागुन १८ । धादिङको बेनिघाटमा मंगलबार ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८३५४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा६८प ७४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गणेश श्रेष्ठको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि बसेका नुवाकोट दुईपिप्ले–८ घर भइ धादिङको चरौंदीमा बस्दै आएका दीपक तामाङ गम्भीर घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।