विबेकको हातबाट यसरी छुटिन् प्रेमिका रिजु (भिडियो)

काठमाडौं, फागुन १८ । इमेज टेलीभिजनका प्रस्तोता विबेक सिंह ठकुरी र कान्तिपुर टेलीभिजनको नियमित शो कल कान्तिपुरकी प्रस्तोता रिजु श्रेष्ठ एउटा फरक दृश्यमा देखिए । उनीहरु संचारकर्मीमात्र नभई श्रीमान् श्रीमतीको दृश्यमा छन् ।primika
विबेक आफ्नी श्रीमती रिजुलाई औधी माया त गर्छन् तर व्यापार व्यबसायको सिलसिलामा उनले समय भने दिन भ्याएका हुँदैनन् ।
यही बिच उनीहरुको मायामा कसैको आँखा लाग्छ । रिजु अचानक अपहरणमा परेपछि बल्ल विबेकको होश खुल्छ । अपहरणकारीले रिजुको हत्या गरिसकेका हुन्छन् । त्यसबेला विबेकले महशुस गर्छन् रिजुको अभावको । अनि भन्छन‘तिमी नजिक हुँदा म तिम्रो नजिक हुन सकिन, चाहेर पनि यि हातले तिमीलाई छुन सकिन ।’
यस्तो दृश्य विबेक र रिजुको निजी जिवनमा नभई गायक ससान कँडेलले हालै सार्वजनिक गरेको भिडियोको कारुणिक दृश्य हो । जुन भिडियो सोमबार मात्रै सार्वजनिक गरिएको एल्बम साहारामा समावेश तिमी नजिक हुँदा बोलको गीतको हो ।
यसअघि मुग्लान बोलको गीतबाट औधी चर्चा कमाएका ससानले ४ वर्षपछि ल्याएको भिडियोमा आँफुले नयाँ प्रयोग गरेको बताउँछन् । भन्छन् पछिल्लो समयको व्यस्त समय तालीकामा माया ओझेलमा परेर कामले थिचेको परिप्रेक्षलाई मार्मिक शैलीमा भिडियोमा प्रस्तुत गरेको छु ।
मञ्जु खरालका शब्द समावेश गीतमा विनय केटुको संगीत सृजना रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतको भिडियोमा स्वयम गायक कँडेलको निर्देशकीय कला कौशल देख्न सकिनेछ ।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा विनय र रिजुका अलावा मण्डेला थिएटरका कलाकारहरु आरजेस रेग्मी, उमेश तामागं, लगायतको अभिनय देख्न सकिन्छ । म्यूजिक नेपाल मार्फत सार्वजनिक गरिएको भिडियोलाई कामना डिजीटल प्रालीले बजार व्यबस्थापन गरेको छ ।