चितवनमा संयुक्त गजल वाचन हुने


तुलमान गुरुङ

चितवन, १८ फागुन । पछिल्लो समय चितवनका युवा साहित्यकारहरु साहित्यिक कर्ममा सक्रिय भएर अगाडी बढिरहेका छन् । स्थापनाकालदेखि नै विभिन्न साहित्यिक कार्यक्रमका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएको साहित्यिक युवाहरुको समूह सुधारिएको चुल्होले यसपटक पनि चितवनमा संयुक्त गजल वाचन कार्यक्रम गर्ने भएको छ । gggggg
गत वर्ष फागुन २३ गते देशभरका विभिन्न ५ युवा गजलकारहरुको संयुक्त गजल वाचन कार्यक्रम गरेको समूहले सोहि कार्यक्रमको दोस्रो शृंखला अन्तर्गत यसपटक भने ५ जना नारी गजलकारहरुलाई एकै स्थानमा उभ्याउने प्रयास गरिएको गजल वाचन कार्यक्रमका संयोजक आदर्श शुशीलले जानकारी दिनुभयो ।
संयोजक शुशीलका अनुसार गजल वाचन कार्यक्रमका लागि तयारी पनि तीव्र पारिएको छ । आगामी फागुन २५ गते १०६औं अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा समूहले देशभरका ५ नारी गजलकारहरुको संयुक्त गजल वाचन कार्यक्रम गर्न लागेको हो ।
समूहका अनुसार कार्यक्रममा चितवनकी गजलकार गीता पौडेलसहित गोरखाकी प्रभा अधिकारी, मकवानपुरकी संगीता थापा, सर्लाहीकी अमला अधिकारी र बाग्लुङकी अमी पौडेलले आफ्ना उत्कृष्ट गजल वाचन गर्नेछन् । २०७१ साल कार्तिक २९ गते स्थापना भएको चुल्होले नेपाली साहित्यको विकासका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै चितवनका युवा साहित्यकारहरुलाई एकतावद्ध गर्ने उद्धेश्य लिएको छ ।
सुधारिएको चुल्होले यसपटकको गजल वाचन कार्यक्रमले पनि नेपाली साहित्यको क्षेत्रमा राम्रो छाप छोड्ने विश्वास लिएको छ । वार्षिक २ वटा कार्यक्रम गर्ने कार्यसुची अनुरुप गत वर्ष दोस्रो कार्यक्रम अन्तर्गत कवि असिम सागरको एकल कविता वाचन समेत सम्पन्न गरेको थियो ।
यसअघि समूहले बैशाख १२ को विनाशकारी भूकम्पका बेला अति प्रभावित गोरखाको सिम्जुङस्थित कालिका प्राथमिक विद्यालयमा अध्ययन गर्ने करिब ८० जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गर्नुका साथै चितवन सहित गोरखा र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरि सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.