इन्द्रदेव हल फागुन २१ गतेबाट पुनः सञ्चालनमा आउँने

चितवन १८ फागुन । चलचित्र प्रर्दशनमा रोक लगाईएको नारायणगढमा रहेको इन्द्रदेव हल नया ब्यबस्थापनका साथ आउने तयारी सगै अनलाईनबाट टिकट बुकिङको सुबिधा पनि लिएर आउने भएको छ ।inderadevसो चलचित्र मन्दिर यहि फागुन २१ गतेबाट पुनः सञ्चालनमा आउँने भएको छ । बहुप्रतिक्षित चलचित्र ‘ड्रिम्स’सँगै हल संचालनमा आउने भएको छ । दर्शकहरुको चाहना अनुरुप नै गत असोज ४ गतेबाट चलचित्र प्रर्दशनमा रोक लगाएको इन्द्रदेव हलको पुननिर्माणको काम सुरुवात गरिएको थियो ।

करिब एक करोड लगानीमा निर्माण भई सञ्चालनमा आएको उक्त हल करिब ७९५ सिट क्षमताको थियो । अब इन्द्रदेव हल ८३२ सिट क्षमताको भएको छ भने निर्माण कायपछि अब पूर्ण एयर कन्डिशन, आधुनिक डीजिटल मेशिन टू के ट्वान्टी बारको प्रोजेक्टरबाट चलचित्र प्रदर्शन, थ्रीडी चलचित्र पनि हेर्न मिल्ने गर्रि अत्याधुनिक तरिकाले बनाईएको छ । इन्द्रदेव  हल वि सं २०५४ सालमा स्थापना भएको हो ।hhhh

Leave a Reply

Your email address will not be published.