ह्वीलचेयर दिवसमा चितवनमा विभिन्न कार्यक्रम


शंकर निर्देश

चितवन, १८ फागुन । नवौ अन्तराष्ट्रिय ह्वीलचेयर दिवस विभिन्न कार्यक्रम गरी आज चितवन लगायत देशैभर पनि मनाईंएको छ । wheelchair
यस वर्षको ह्वीलचेयर दिवसको नारा ‘चुनौतीको सामना गर्दै, सफलता चुम्दै’ भन्ने तय गरिएको छ । दिवसका अवसरमा स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रको आह्वानमा आज राजधानीको भृकुटीमण्डपबाट ¥यालीको आयोजना गरिएको थियो । अपांगता भएका व्यक्तिलाई सम्मान गरौं, ह्वीलचियर मैत्री क्षेत्र बनाऔं’ लगायतका नारा लेखिएका प्लेकार्डसहित भृकुटीमण्डपबाट निकालिएको ¥याली नगरका विभिन्न ठाउको परिक्रमा पछि पुनः भृकुटिमण्डपमै पुगी समापन भएको थियो । यता, चितवनमा पनि नवौं अन्तराष्ट्रिय ह्वीलचेयर दिवस मनाईएको छ ।
दिवसका अवसरमा आज भरतपुरमा सुषुम्ना नाडी घाईते मैत्रीय समाज चितवनले एक कार्यक्रमको आयोजना गरी विभिन्न ३ जना अपांग व्यक्तिहरुलाई ह्वील चेयर उपलब्ध गराएको छ ।
समाजले भरतपुर ८ का सोमल महत्व, चित्रवन नगरपालिका ८ स्थित गुञ्जनगरका यम बहादुर विक र मकवानपुर काकडा ७ दाम्राङका सुकबहादुर प्रजा गरी ३ जनालाई ह्वील चेयर उपलब्ध गराएको हो । अपांग समाज चितवन र अपांग जागरण अभियान चितवनको सहआयोजना र भरतपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अपांगता भएका व्यक्तिको सक्षमतालाई राज्यले सम्मान र अवसर दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा बोल्दै उनीहरुले अपांगमैत्री समाजको निर्माणका लागी सबै तह र तप्काका व्यक्तिहरुको उल्लेखनीय भूमिका रहनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उनीहरुले अपांगहरुले अपांग भएकै कारणले भोग्नुपरेको समस्याका बारेमा चर्चा गरेका थिए ।
विभिन्न सरकारी तथा निजी निकायहरुले अपांगमैत्री भवन, अपांगमैत्री सरकारी एवम् निजी कार्यालयहरु, अपांगमैत्री शौचालय लगायतको निर्माण नगर्दा अपांगहरुले विभिन्न ठाउमा आफ्नो कामको लागी सास्ती खेप्नुपरेको उनीहरुले बताएका थिए ।
सोहि अवसरमै बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका भरतपुर उपमहानगर सामाजिक संघ संस्था शाखाका प्रमुख रामकृष्ण ढकालले अपांगहरुको विकास र अपांगमैत्री समाजको लागी उपमहानगरपालिका सदैव सकारात्मक रहेको बताउदै आफुले गर्ने सहयोग गर्नका लागी आफु तत्पर रहेको बताउनुभयो । कार्यक्रम सुषुम्ना नाडी घाईते मैत्रीय समाज चितवनका अध्यक्ष विर्खमान गुरुङको अध्यक्षतामा भएको हो ।