केसीद्वरा महामन्त्री पदमा उम्मेदवारी घोषणा

चितवन, फागुन १८ । नेपाली काग्रेसका १३ औ माहाधिबेशनका लागि नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । केसीले आफू वरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न लागेको जानकारी गराए । देउवा पक्षले आफ्नो प्यानल सार्बजनिक गरिनसके पनि नेता केसीले आज मंगलबार पत्रकार सम्मेलन गरी आफू देउवा प्यानलबाट महामन्त्री पदमा लड्ने बताए । उनले आफू महामन्त्री बनेमा मधेस तराईलाई सम्बोधन गर्ने गरी संविधानमा रहेका कमजोरी सुधार्ने र पार्टीलाई एकढिक्का बनाएर संविधान कार्यान्वयनको नेतृत्व गर्ने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.