लायन्स क्लबद्धारा खेलकुदका सामाग्री बितरण

चितवन, १७ फाल्गुण ।  लायन्स क्लब अफ गोल्डेन भरतपुर,चितवनले आज मानब सेवा आश्रम भरतपुरमा आश्रितहरुलाई खेलकुदका सामाग्री बितरण गरेको छ ।
बौद्धिक अंपागता (मनोरागी) भएपछि सडकमा जीवन बिताउन बाध्य ब्यक्तीहरुलाई आश्रय दिएको सो आश्रममा हाल १४ महिना देखि ८५ बर्ष उमेर सम्मका ३५ जना मानिसहरुले आश्रय लिएको मानब सेवा आश्रमका अभियन्ता रामजी अधिकारीले जानकारी दिए ।
बौद्धिक अंपागता भएकाहरु आश्रित आश्रममा उनिहरुलाई समय कटाउन सजिलोहोस भन्ने हेतुले क्लबले क्यारिम बोर्ड, लुडो, फुटबल लगायतका खेलकुदका सामग्री छानेको लायन्स क्लब अफ गोल्डेनका सह सचिब प्रकाश अधिकारीले बताए ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रक ३२५ बी २ नेपाल का प्रथम भाईस डिष्ट्रक गर्भनर ला. धनश्याम भट्टराई प्रमुख अतिथी रहनुभएको कार्यक्रममा मानब सेवा आश्रमका अभियन्ता रामजी अधिकारी, क्लबका एस्टेन्सन चियर पर्सन एंब लायन्स क्लब अफ चितवन चौतारीका सस्थापक अध्यक्ष लायन भक्ती प्रसाद चालिसे, क्लबका गाइड लायन लायन किसोर पौडेल, लायन्स क्लब अफ चितवन चौतारीका द्धितिय उपाध्यक्ष पूर्ण प्रसाद शर्मा लगायतले मन्तब्य ब्यक्त गरेको कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष राजु पौडेले गनुभएको थियो भने खेलकुद सामग्री हस्तान्तरण पछि क्लबले आश्रितहरुलाई आज बिहानको खाना समेत खुवाएको हो ।

Leave a Reply

Your email address will not be published.