चितवनमा हट्यो पेट्रोलियम पदार्थ वितरणमा कुपन प्रणाली

 

चितवन, १७ फागुन । पेट्रोलियम पदार्थ वितरणमा जारी गर्दै आएको कुपन प्रणाली चितवनमा सोमबारबाट हटाएको छ ।  kupanअघोषित नाकाबन्दी पछि जिल्ला प्रशासन कार्यालय चितवनले पेट्रोलियम पदार्थ वितरणमा जारी गर्दै आएको कुपन प्रणाली एक विज्ञप्ती जारी गर्दै हटाएको हो ।

कार्यालयले प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जारी गरेको विज्ञप्तीमा तत्कालका लागि पेट्रोलियम पदार्थ सहज भएकाले कुपन वितरण स्थगित गरेको जनाएका छन् ।

प्रशासनले नाकाकन्दी पुर्वको अवस्थामा झै अब सबै पेट्रोल पम्पवाट पेट्रोलियम पदार्थ उपलव्ध हुने बताएको छ । प्रशासनले इन्धन वितरणमा कुनै पेट्रोल पम्पले अनियमितता गरे प्रशासनमा खवर गर्न समेत आग्रह गरेको छ ।

अनियमितताबारे जिल्ला प्रहरी कार्यालयको फोन नः १०० साहायक प्रमुख जिल्ला अधिकारीको फोन नः९८४१३८०००८ र प्रमुख जिल्ला अधिकारीको फोन नः९८५५०६०९३७ मा खवर गर्न सकिने विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रशासनको यो निर्णयसगै कुपन प्राणलीमा स्थानियले खेप्नुपरेको सास्ती हटेपछि चितवनवासीमा राहत महसुस समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.