सडक कालोपत्रेमा ढिलाई

आशिष अधिकारी

चितवन, १७ फागुन । भरतपुरको पुरानो मेडिकल कलेज अगाडीको बाटो समयमै कालोपत्रे नहुदा समस्या उत्पन्न भएको छ । भरतपुर उपमाहानगर पालिकाले सडक कालोपत्रे गर्नमा ढिलाई गरेपछि त्यहाँ आवात जावात गर्नमा कठिनाई भएको स्थानिय बासिन्दाहरुको गुनासो छ ।

मेडिकल सिटिको रुपमा परिचित भरतपुर उपमाहानगर पालिकामा रहेको पुरानो मेडिकल कलेज अगाडी नै सडक नै नदेखिने गरि धुलो उड्नाले दैनिक आवत जावत गर्न समस्या भएको छ,पुरानो मेडिकल कलेजमा उपचार गराउन आफन्त लिएर बिरगंजबाट आएका रहदेब शाहले भने,आफन्त लिएर बिरामीको उपचार गराउन आएको म आफै पो बिरामी भएर औषधि खानु परेको छ ।

उनी मात्र हैनन् शाह जस्ता कयौ मानिसहरु यो समस्याबाट पिडित भएका छन । सडक कालोपत्रे गर्नु पर्यो भनि पटक पटक नगरपालिका,टोल सुधार समिति,जिल्ला बिकास समिति लगायतका निकायहरुलाई भन्दा पनि सुनुवाई नभएको स्थानिय ब्यबसायी नारायण भुजेल बताउछन । मैले यहाँ ब्यबसाय गरेको झण्डै एक दशक भईसक्यो तर यस्तो अवस्था अहिले सम्म झेल्नु परेको थिएन उनले भने पहिलेको तुलनामा अहिले ब्यापार ब्यबसाय पनि कम हुदै गएको छ,मान्छेहरुको चहल पहल पनि छैन ।

पुरानो मेडिकल कलेज र त्यहाँका घर धनिहरुले पहल नगर्दा सडक कालोपत्रे गर्नमा ढिलाई भएको स्थानिय ब्यापारिहरुको गुनासो छ । घर धनिलाई महिना मरेपछि घर भाडा उठाउन मै ठिक्क छ,तर हामी ब्यबसायीहरु सधै धुलोमा बस्नु परेको छ । धुलोकै कारण मानिसहरु औषधि लगायतका अत्याबश्यक बस्तुहरु किन्न नआएको एक औषधि ब्यबसायीले बताए ।

भरतपुर उपमाहानगर पालिकाका बरिष्ठ प्रशासकिय अधिकृत टिकाराम कडेल कालोपत्रे गर्ने काम सडक डिभिजन कार्यलयको भएको बताउछन । बजेट निकाशा नभईसकेको बताउदै कडेलले भने, अहिले नै भन्न सकिने अवस्था छैन सडकले पिच गर्छु भनेको छ सडकै डि साहेवलाई सोध्नु पर्छ ।

उता सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख मुकुन्द राज अधिकारी भने सडक कालोपत्रे गर्नै भन्ने सम्बन्धमा कुरा भईरहेको र प्रक्रिया पनि अगाडि बढिरहेको बताउछन । सबै प्रक्रिया भईरहेको छ अव बिस्तारै काम हुने अवस्थामा हामी पुगेका छौ काम हुन्छ तर केहि समय अझै कुर्नुैपर्नै हुन्छ ।