क्रान्तिकारीका नेताले विद्यार्थीलाई आक्रमण गरे

 

चितवन, १६ फागुन । विप्लप माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी भुवानी शंकर कलेजका कार्यावाहक अध्यक्ष प्रमोद गौतम माथि सांङ्घातिक आक्र्रमण भएको छ । आज विहान करिव नौ बजे आफ्नै पाटीका चितवन जिल्ला सदस्य रमेश लामिछाने तथा क्षेत्र नम्वर एक का ईन्चार्ज बृद्धि चौधरीको नेतृत्वले गौतम माथि आक्रमण गरेको अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन क्रान्तिकारी०ले आज दिउँसो भरतपुरमा पत्रकार समेलन गरी जानकारी गराएको छ ।

आक्रमणका क्रममा घाईते भएका गौतमको टाउँकोमा चोट लागेको अखिल क्रान्तिकारीका जिल्ला संघर्ष समिति सदस्य ओम कृष्ण थपलियाले जानकारी दिनुभयो । अहिले उहाँको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । भवानी शंकर बहुमुखी क्याम्पसमा छात्रबृति, क्याम्पसको आर्थिक पार्दशीता लगायतका विभिन्न मागहरु राखेर क्याम्पस प्रशासनको लेखा शाखामा ताला लगाउने समयमा पाटीका जिल्ला सदस्य रमेश लामिछानेले बाहिरी मान्छे बोलाएर विद्यार्थी नेता माथि आक्रमण गरेको थपलियाले जानकारी दिनुभयो ।

अखिल क्रान्तिकारीले दुई महिना अघि देखि आफ्ना विभिन्न मागहरु राख्दै साहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दि गर्दै आएका थियो । अखिल क्रान्तिकारीका जिल्ला संघर्ष समिति सदस्य इन्द्र जित घिसिङले क्यापसको आर्थिक पार्दशिता हुनुपर्ने भन्दै आन्दोलन गर्दा आफ्नै पाटीका नेताले विद्याथीलाई कुटाउनु दुख भएको भन्दै घट्नामा सम्लनलाई पाटीले कारवाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले घट्नामा सम्लग्नलाई पाटीले कारवाही नगरे कडा संघर्षमा उत्रिने चेतावनी समेत दिनुभयो ।

.