सपनाको विशेष मन्टेश्वरी कक्षा तालिम सकियो

चितवन, १४ फागुन । पर्यटकीय नगरी सौराहामा सञ्चालित विशेष मन्टेश्वरी कक्षा तालिम सकिएको छ । P2262024 (Medium)आगमी बैशाख देखि सुरु हुने सपना स्कुल प्ले ग्रुपमा पढ्न आउने विद्यार्थीहरुलाई कसरी समयानुकुल अध्यापन गराउने भन्ने बारेमा शिक्षकहरुलाई सञ्चालित १८ दिने तालिम शुक्रबार सकिएको हो ।
सामाजिक क्षेत्रमा विगत ८ बर्ष देखि सक्रिय सपना भिलेज सोसल इम्प्याक्टले आयोजनामा जिल्लामा नै पहिलो पटक विदेशी प्रशिक्षकहरुबाट प्रशिक्षण दिईएको थियो ।
१८ दिने तालिममा समय र बच्चाको रुची अनुसार बच्चाहरुलाई सिकाउने तरिका, उनीहरुको चाहना, शिक्षण सिकाई पद्धती लगायतका  विषयमा अवकाश प्राप्त गरेका विदेशी प्रोफेसरहरु  एल्सा र मारियसेले प्रयोगात्मक तवरले प्रशिक्षण गराएका थिए । इम्प्याक्टले संचालन गर्न लागेको मन्टेश्वरी स्कुललाई मध्यनजर गर्दै सञ्चालित तालिम उपयोगी भएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।IMG_3850 (Medium)

IMG_3801 (Medium)

IMG_3827 (Medium)

 

IMG_3770 (Medium)

IMG_3838 (Medium)

Leave a Reply

Your email address will not be published.