काठ तस्कर पक्राउ

दयाराम आचार्य ।
नवलपरासी,फागुन ११ ।
सशस्त्र प्रहरी वेशक्याम्प चोरमाराले नवलपरासीको मध्यबिन्दु नगरपालिका ७ स्थीत नवदुर्गा सामुदायिक वनमा सालको गोलिया तस्करी गरिरहेको अवस्थामा गोलिया सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलिले अवैधरुपमा सालको गोलिया काट्दै गरेको अवस्थामा मध्यबिन्दु नगरपालिका ८ बस्ने ५२ बर्षीय चेते कुमाललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनिसंगै २३.८६ क्युफिट सालको गोलिया, ४ थान साईकल, एक थान आरा, १ थान बन्चरो र १ थान छिनो समेत नियन्त्रणमा लिएको छ । उनिसंगै आएका अन्य तस्करहरु भने फरार छन् । सशस्त्र प्रहरीले पक्राउ परेका कुमाल र गोलिया तथा अन्य औजारहरु आवश्यक कारवाहीका लागि ईलाका वन कार्यालय रानिटार चोरमारालाई बुझाएको छ ।