बेसार खेतीबाट राम्रो आम्दमनी गर्दै पिठौलीका महिलाहरु

दयाराम आचार्य 
नवलपरासी, १६ फागुन । हिजो आज महिलाहरु बिभिन्न समुहमा आवद्ध भएर संगै आयमुलक कृयाकलापमा पनि समावेश हुदै गएका छन । जसले गर्दा महिलाहरुको दिनचर्यामा पनि परीवर्तन आएको छ भने आयमुलक कृयाकलाममा समावेश हुदा उनिहरुको जिवन स्तरमा पनि सुधार हुदै आएको छ ।
आयमुलक कृयाकलापमा समावेश हुने क्रममा कावासोती नगरपालिका १३ पिठौलीका महिलाहरुले समुहगत रुपमा मध्यवर्ती सामुदायीक बनमा बेसार खेति गर्दै आएका छन । जसबाट यस क्षेत्रका महिलाहरुको जिवनमा पनि परीवर्तन आएको छ ।
सामुदायीक बन क्षेत्रमा रहेको करीब ४ बिगाहा जमिनमा अहिले यहाका महिलाहरुले समुहगत रुपमा बेसार खेति गर्दै आईरहेका छन । नमुना मध्यवर्ति सामुदायीक बन भित्र गरीएको बेसार खेति महिलाहरुको आर्थिक स्तर सुधारको लागि प्रभावकारी बन्दै गईरहेको छ ।
बनभित्र रहेको खालि जमिनको पनि सदुपयोग हुने र आयआर्जन पनि हुने भएकाले महिलालाई जिविकोपार्जनमा सहजता होस भनेर बनभित्रको जमिन बेसार खेतिको लागि बिभिन्न समुहलाई प्रदान गरीएको नमुना मध्यवर्ती सामुदायीक वनका अध्यक्ष बलिराम महत्तोले बताउनु भयो ।
हाल सो सामुदायिक बनक्ष्ँेत्रमा प्रगती आमा समुह,थारु कल्चर,सिर्जना आमा समुह,जनता जयन्ति,माझी उत्थान ,लगाएतका समुहले बेसार खेति गर्दै आईरहेका छन ।
प्रत्यक समुहले बेसार खेतिबाट एक पटकमा करीब ४० हजार देखि ५० हजार सम्म आम्दानि गर्न सफल भएका छन । सामुदायीक बन क्ष्ँेत्रमा ७ वटा समुहले बेसार खेति गर्दै आएका छन जस बाट झण्डै ३ देखि साढे तिन लाख सम्म ति समुहले आम्दानि गर्दै आएको वनका अध्यक्ष्ँ महत्तोले बताउनु भयो । बिषेशगरेर महिलालाई जिविकोपार्जनमा सहयोग पुर्याउन र आयमुलक कृयाकलापमा समेवेश गर्ने हिसाबमा वन भित्रको जमिन स्थानिय महिला समुहलाई प्रदान गरेको वनका अध्यक्ष महत्तोले बताउनु भयो । बन भित्र बेसार खेति संगै लेमनग्रास र पार्मरोज जडिबुटि खेति समेत गरीएको छ ।
“पहिला पहिला सानो तिनो काम गर्न पनि पैसा नहुने ,बाहिर कता खोज्नु ,ब्याज पनि चर्को बेसार खेति बाट आएको पैसा समुहमा राखि चलाउछौ धेरै सजिलो भएको छ ” प्रगती आमा समुहकी कोषाध्यक्ष शोभा बोहरा भन्नुहुन्छ ।
समुह बाट सामुहिक रुपमा १५ कठ्ठा जमिनमा बेसार लगाएको र बेसार बिक्रीबाट आएको आम्दानि समुहमा रहेका दिदिबहिनिलाई रिण प्रदान गर्ने देखि आफ्नो टोलको बाटो मर्मत देखि अन्य सामाजिक कार्यमा समेत लगाउदै आएको कोषाध्यक्ष बोहराले बनाउनु भयो । आफ्नो समुहमा ३५ जना सदस्य रहेको र मासीक रुपमा एकसयका दरले मासीक बचत गर्ने गरेको समेत बोहराले बताउनु भयो ।
“कहिले काहि घरमा कोहि बिरामी पर्यो र उपचारमा लानु पर्यो भनेपनि पैसा हुदैनथ्यो , कहा के गर्ने आपत पर्थ्यो,अचेल सजिलो छ ,समुहबाट सजिलै पैसा निकाल्न पाईन्छ ” स्थानिय कमला परीयारले भन्नुभयो ।

“सानोतिनो काम गर्नको लागि पनि आफु संग पैसा नहुने श्रिमान संग पैसा माग्नु पर्ने बाध्यता थियो अहिले आफुले कुनै काम गनु परेमा पैसाको खाचो हुदैन ” परीयारले भन्नु भयो ।

महिलाहरु घरको चुलो चौकोमा मात्र सिमित हुन्थे ,हिजो आज चेतनाको पनि बृदि भएको छ ,आफ्नो लागि आफुलेनै केहि गर्नु पर्छ भन्ने भावनाको बिकाश भएको छ जसले गर्दा बिभिन्न समुहमा आवद्ध हुने देखि आयमुलक काममा पनि समावेश हुदै गएका छन त्यसैको उदाहरण सामुहिक बेसार खेति भएको शिर्जना नागरीक सचेतना केन्द्र कावासोती १३ पिठौलिकी संयोजक बिष्णुमाया भुषालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.