ओलीको भ्रमणमा सम्बन्ध सुधार

 

 

नेपालका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली यतिबेला दक्षिणको छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा छन् । मुख्यतः नेपाल र भारतबीच बिग्रिएको सम्बन्ध सुधार्न केन्द्रित यो भ्रमणलाई भारतले उच्च मह¤व र सम्मान दिएको छ । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भारतीय विदेशमन्त्री आफै विमानस्थलमा पुग्नुले पनि ओलीको भारत भ्रमणलाई भारतले उच्च मह¤व दिएको प्रष्ट हुन्छ । यस भ्रमणका अवसरमा दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ताका साथै सातवटा सम्झौतामा हस्ताक्षर भएका छन् ।

नेपालमा गत वैशाखमा आएको भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा घोषणा गरिएको २५ अर्ब रुपैयाँ अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋणको उपयोग, तराईमा सडक सञ्जालको विस्तार, संगीत तथा नाट्य प्रतिष्ठानमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्यस्तै कााकडभिट्टा–बंगलाबन्ध कोरिडोर पारवहन सुविधा, विशाखापट्टनम् बन्दरगाह उपयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी सम्झौताहरु नयाँ नभएपनि यसले तेस्रो मुलुकसँग व्यापार विस्तार गर्न यसले सहजता ल्याउने विश्वास लिन सकिन्छ । भारतीय प्रधानमन्त्रीले संविधान निर्माण र त्यसको घोषणालाई एक मह¤वपूर्ण सफलता भनेकाले यसलाई पुरानो दृष्टिकोणमा आएको परिवर्तनको रुपमा बुझ्न सकिन्छ ।

नेपालमा नयाँ संविधान घोषणासँगै बिग्रिएको नेपाल–भारत सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन यो भ्रमण कति फलदायी हुन्छ, यसका लागि केही समय प्रतीक्षा गर्नु नै उपयुक्त हुनेछ । नेपालका सबै पक्षलाई समझदारी र सहमतिमा ल्याउन आग्रह गरिरहने भारतीय सत्ताधारीहरुले आफ्नै मुलुकको अवस्था सुधार्नेतर्फ ध्यान दिनु उपयुक्त होला । मोदीकै गृहराज्य गुजरात, हरियाणालगायतका स्थानमा भइरहेका दंगाहरुलाई के भन्ने ? भारतले नेपालमा रामराज्य खोजेको हो भने पहिले आफ्नै मुलुकलाई रामराज्य बनाउनेतर्फ लाग्नु उपयुक्त होला । नेपाल–भारत सम्बन्ध जति पुरानो छ, त्यत्तिकै समस्याहरु छन् ।

भारतको आँखा नेपालको अपार जलस्रोतमाथि छ । अहिलेसम्म भएका सन्धि सम्झौताबाट नेपाल ठगिदै आएकाले तत्काल नयाँ सन्धि सम्झौता भइहाल्ने स्थिति देखिन्न । नेपालमाथि मनोवैज्ञानिक दबाब भने कायमै छ । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले केही महिनादेखिको असमझदारी अन्त्य गर्ने कुरा गरेर धेरै आशा नगरेको सन्देश शुरुमै दिएका छन् । अहिलेको स्थितिमा सम्बन्ध सुधार गर्ने विषय नै मह¤वपूर्ण हो । यो भ्रमणबाट सम्बन्ध सुधार्ने कामको शुरुआत भने अवश्य भएको छ । नेपालप्रति भारतीय व्यवहार आगामी दिनमा कस्तो हुन्छ त्यसकै आधारमा भावी सम्बन्ध निर्धारण हुनेछ ।द

Leave a Reply

Your email address will not be published.