बेरोजगारीको प्रत्यक्ष असर जिल्ला कारागार भरतपुरमा

 

चितवन, ११ फागुन । अनियन्त्रीत रुपमा बढेको बेरोजगारीको प्रत्यक्ष असर जिल्ला कारागार भरतपुरमा परेको छ । नेपालमा भयाबह अवस्थामा रहेको बेरोजगारीपनले सबै क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पु¥याईरहेको छ ।dddd

कारागारको क्षमता भन्दा अत्याधिक चाप बढ्नुको कारण देशमा रहेको बिद्यमान बेरोजगारी समस्या नै भएको जेलर कमल प्रसाद काफ्ले बताउछन । चितवन लगायत देशै भरिका यूवा यूवतीहरु बेरोजगारी छन्, बेरोजगारी भएकै कारण उनिहरुले समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरु गर्ने भएकोले बिभिन्न अभियोगमा उनिहरु फस्न गई कारागारमा आउनाले चाप बढेको काफ्लेको भनाई छ ।

बढ्दो अपराधिक घटना र अन्य कारागारहरुबाट स्थानान्तरण भई आउने कारणले पनि भरतपुर कारागारमा सधै जसो कैदी बन्दीको चाप बढ्न पुगेको हो । पहिले एक सय ३५ जनाको क्षमता रहेको कारागारमा अहिले आबश्यक पूर्बाधारहरु निर्माण गरेपश्चात २ सय ३५ जना सम्म अटाउन सक्छन उनले भने हाल कारागारको क्षमता भन्दा दोब्बर कैदी बन्दीहरु छन ।

कारागारमा आबश्यक भौतिक पूर्बाधार र साधन स्रोत छैन तर कैदी बन्दीहरु भ्ने थपिने क्रम जारी नै छ, कारागार स्रोतले भन्यो यस्तै अवस्था रहिरह्यो भने कुन बेलामा घटना हुन सक्छ भन्न नसकिने त्यहाँका कर्मचारीहरु बताउछन । हाल कारागारमा पाचँ सय ६५ कैदीबन्दीहरु रहेका छन् । ति मध्ये सबै भन्दा बढी ५ सय ७ जना पूरुष बन्दी रहेका छन । त्यस्तै ५७ जना महिला बन्दी र एक जना नावालक रहेका छन । ति नावालक भने कारागारमै जन्मिएका हुन ।

कारागारमा रहेको कैदी बन्दीहरु मध्ये अधिकाशं गैडा मारी खाग तस्करी तथा बिक्रि गर्ने र कर्तब्य ज्यान मुद्यामा रहेका छन । कैदी बन्दीहरुको चाप बढ्न थालेदेखि भौतिक पूर्बाधार सगसगै पूस्तकालयमा समसामयिक पाठ्यपूस्तकको अभाव, नुहाउन र कपडा धुन पानिको पनि अभाव हुदै आइको कैदी बन्दीहरु ब्ताउछन । हामीहरु बस्ने भवन त पुरै भरिईसकेको छ,उठे बस्न मिल्दैल बसे उठ्न सकिदैन,खाने बस्ने सुत्ने लगायतका सबै खाले समस्याहरु सगँ जुध्दै असुबिधाजनक जीवन निर्बाह गरिहरेका छौ नाम खुलाउन नचाहने एक बन्दि महिलाले भनिन् ।

राज्यबाट पाउने दैनिक सेवा सुबिधाहरु पनि पर्याप्त तथा समयानूकुल नभएको अधिकाशं कैदी बन्दीहरु बताउँछन् । चौकिदार राजेन्द्र चौधरी भन्छन्, दिनानुदिन महगीं बढ्दो छ, सरकारले हामीलाई प्रतिब्यक्ति दैनिक ४५ रुपैया सिदा दिईएको छ त्यसले एक डल्लो साबन पनि आउदैन अनि दैनिकि कसरी चलाउने । कारागार ब्यबस्थापन बिभागले भरतपुर कारागारको समस्याका बारेमा अन्यत्र भन्दा बढी चासो दिनुपर्ने र प्राथमिकतामा पनि राख्नु पर्ने भरतपुर कारागार प्रशासनको माग रहेको छ ।