पाल्पाली समाजमा पुन नयनराज

चितवन, ११ फागुन । पाल्पाली समाज चितवनको पहिलो साधारणसभा तथा अधिवशेन देवघाटमा सम्पन्न भएको छ ।mmmm

पाल्पाको इतिहाससंग जोडिएको मणिमुकुन्द सेन पार्क भित्रको चक्रवर्ती मन्दिर परिसरमा सम्पन्न पहिलो अधिवेशनले पुन नयनराज नेपालको अध्यक्षतामा नया समितिको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विनोद न्यौपाने र र्शैलेन्द्र श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा प्रकाश ज्ञवाली,सहसचिवमा यशुदेव श्रेष्ठ र कोषाध्यक्षमा रविन्द्र केसी चयन भएका छन् । समितिको सदस्यहरुमा नविन दर्लामी,नगेन्द्रप्रसाद रेग्मी,ठाकुरप्रसाद रेग्मी,रविन्द्र रेग्मी,पूर्णवहादुर जीसी,दान वहादुर विश्वकर्मा र शिवकुमारी भण्डारी चयन भएका छन् ।

वन विभागका पूर्व महानिर्देशक गोकुलराज पाण्डेको प्रमुुख आतिथ्यमा सम्पन्न साधारणसभाको उद्घाटन समारोहमा शशस्त्र प्रहरीका उपरिक्षक शम्भु कार्की,पूर्व प्रशासक नलराज शास्त्री,समाजसेवी दान वहादुर रायमाझी,सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय चितवनका प्रमुख केशववहादुर थापा,देवघाट गाविसका निवर्तमान अध्यक्ष शिवराज पौडेल,शंकर नेपाल,विनोद न्यौपाने लगायतले पाल्पाको शान उचो राख्न पाल्पाली समाजका कामलाई लक्ष्ँित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका चितवन,नवलपरासीको गैडाकोट र देवघाट क्ष्ँेत्रमा स्थायी वा अस्थायी रुपमा वसोवास गर्ने पाल्पालीहरुको जमघट भएको थियो ।