क्यामेरा ट्रयापींङ्ग प्रविधिबाट लोपोन्मुख सालकको अध्ययन सुरु

राजेन्द्र आचार्य
चितवन, १० फागुन । लोपउन्मुख सालक प्रजातिको संरक्षणका लागि अध्ययन सुरु भएको छ ।
गैडा र बाघलाई जस्तै सालकको बारेमा थप अनुसन्धान गर्न पलिो पटक क्यामेरा ट्रयापींङ्ग प्रविधिबाट सालकको समेत अध्ययन गर्न सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. चिरन्जीवी पाख्ररेलले जानकारी दिए ।

क्यामेरा जडान उद्घाटन गर्दै सामुदायिक वनका अध्यक्ष, तस्विर: सन्तोष भट्टराई NTNC-BCC
क्यामेरा जडान उद्घाटन गर्दै सामुदायिक वनका अध्यक्ष, तस्विर: सन्तोष भट्टराई NTNC-BCC

विश्व सालक दिवसको अवसर पारेर राष्ट्रिय प्रकृति संरक्षण कोष तथ जैविक विविधता संरक्षण केन्द्र, सौराहाको पहलमा सालकको अध्ययन सुरु गरिएको हो ।

मकवानपुर स्थित रानी सामुदायिक वनमा क्यामेरा प्रविधि जडान गरि सालक अध्ययन शुरुवात गरेको थिए ।

अति संकटापन्न अवस्थामा पुगेको यस प्रजाति को संरक्षण को औचित्य बारेमा अध्ययन सुरु भएको कोषका प्रमुख डा. चिरन्जिबी प्रसाद पोख्रेलले भने–अध्ययनले सालकको वितरण, आनी–बानी र बासस्थान को बारेमा जानकारी प्राप्त हुनेछ र यसको व्यवस्थापन का लागि भावी योजना तर्जुमा गर्न सहयोग पुग्नेछ ।
कोषले अध्ययन सालक पाईने रानी सामुदायिक वनबाट शुरु भई आसपासका अन्य सामुदायिक वन हरुमा समेत सालक को अध्ययन, अनुसन्धान तथा अनुगमन गर्ने जनाएको छ । 2
साथै गोर्खा जिल्लाका सामुदायिक वन हरुमा समेत लागु गरिने छर हरियो बन कार्यक्रम को आर्थिक सहयोग तथा राष्ट्रिय प्रकृति संरक्षण कोष एवंम् जैविक विविधता संरक्षण केन्द्र, सौराहाको प्राविधिक सहयोगमा सम्पन्न विश्व सालक दिवसमा सालक पाउने आसपासका अन्य सामुदायिक वन का प्रतिनिधिहरु, बन बिज्ञान अध्यन सस्थान को बिद्यार्थी, जिल्ला बन कार्यालयका प्रतिनिधि र फेकोफनको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.