मध्यरातमा भूकम्पकोे धक्का

चितवन, फागुन १० । गोरखा केन्द्रबिन्दू भएर गएराति भूकम्प गएको छ ।
bhukampaa राति ११ बजेर ५४ मिनेटमा गोरखा केन्द्र भएर ५.५ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।
पराकम्पको धक्का गोरखासहित धादिङ र काठमाडौं उपत्यकामा पनि महशुस भएको थियो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर ७.८ म्याग्नेच्यूडको भूकम्प गएदेखि अहिलेसम्म चार म्याग्नेच्यूड भन्दामाथिका ४३४ वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.