आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति

सिरहा, फागुन १० । सिरहा जिल्लाको बिष्णुपुरकट्टी गाविसमा आईतबार भएको भिषण आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।aago1
बिष्णुपुरकट्टी–१ स्थित खजनपुरा टोल बस्ने मनिकलाल यादवको घरमा खाना पकाउने क्रममा आगलागी भएको हो ।
आगोबाट सोही टोलमा रहेका २१ घरपरिवारको ४६ वटा फुसको घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।
साँझ प्रहरी, स्थानीयवासी समेतको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो ।
पीडितलाई जिल्ला रेडक्रसले प्रतिघर ५ केजी चिउरा, ब्लाङ्केट १ थान, खाना पकाउने भाँडा, सारी, जिन्स पेन्ट १–१ थान वितरण गरेको थियो ।