चित्रबहादुर केसी फेरि अध्यक्षमा निर्वाचित

रुपन्दही, फागुन १० । राष्ट्रिय जनमोर्चाको अध्यक्षमा चित्रबहादुर केसी फेरि निर्वाचित भएका छन् । बुटवलमा आइतबार राति सम्पन्न भएको तेश्रो राष्ट्रिय सम्मेलनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।12695482_938632392841309_1297039622_o
मोर्चाको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली चुनिएका छन् । महासचिवमा जनकराज शर्मा, कोषाध्यक्षमा ओमबहादुर केसी तथा उपाध्यक्षमा बद्रे आलम रुपन्देही र दुर्गा पौडेल भक्तपुर निर्वाचित भएका छन् ।
यस्तै सचिवमा हिमलाल पुरी चयन भएका छन् । सम्मेलनले ३१ पूर्ण, ६ वैकल्पिक र ६ सल्लाहकार सहितको ४३ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको हो ।
सत्तारुढ दल समेत रहेको राष्ट्रिय जनमोर्चाले सरकारमै बसेर राष्ट्रियताको पक्षमा संघर्ष गर्ने निर्णय समेत गरेको छ । उसले संघीयताको विरोधमा अभियान चलाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.