२० बुदे अमलटारी घोषणा पत्र जारी गर्दै सकियो होसानको प्रथम राष्ट्रिय सम्मेलन

IMG_2053

दयाराम आचार्य ।
नवलपरासी,फागुन ९ ।
नवलपरासीको कावासोती १५ अमलटारीमा भएको होमस्टे एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनल २० बुदे अमलटारी घोषणा पत्र जारी गर्दै सकिएको छ ।
सम्मेलनले होमस्टेहरुले पर्यटन विकासमा गरेको सहयोगको सम्मान गर्न सरकार सग माग गरेको छ । एसोसिएसनले आईतबार २० बँुदे अमलटारी घोषण पत्र जारी गदै यस्तो माग गरेकोे होमस्टे एसोसिएसन नेपालका महासचिब प्रेमशंकर र्मदनिया थारुले जानकारी दिए । आईतबार घोषण पत्र जारी गदै पर्यटन प्रवर्धनमा होमस्टेले पु¥याएको योगदानको सम्मान र गरिवि निवारण, प्रकृति तथा जैविक विविधताको संरक्षण र दुर्लभ बन्यजन्तुको संरक्षणमा पु¥याएको योगदानको कदर गर्न नेपाल सरकारसंग एसोसिएसनले माग गरेको हो । सम्मेलन ग्रामिण तहसम्म पर्यटनको पहँुच पु¥याउने कार्यमा प्रतिवद्ध रहने वचनवद्धता व्यक्त गदै होमस्टेको माध्यमबाट विपन्न ग्रामिण तथा शहरी जीवनको दिगो जीविकोपार्जनमा व्यावहारिक अभ्यास गर्न सदसस्यहरुले प्रतिवद्ध जनाएका छन् ।
साथै सम्मेलनमा नेपाल सरकारसंग होमस्टे सम्बन्धी निति निर्माण, संभावित पर्यटकीय क्षेत्रको अध्ययन विश्लेषण र यसको प्रर्वधनमा योगदान गर्न माग गर्दछ र होमस्टे कार्यविधि संसोधनमा होमस्टे एसोसिएसनका प्रतिनिधिको सहभागितालाई सुनिश्चित गर्न सरकारसंग माग गरेको छ , भने जैविक विविधता हानी पु¥याउने, बन्यजन्तु चोरी शिकारी गर्ने, पर्यावरणलाई नोक्सानी गर्ने कसैलाई पनि होमस्टे एसोसिएसन प्रोत्साहन नगर्ने जनाएको छ ।
सम्मेलन होमस्टे निति निर्माण गर्न, होमस्टे विमा र कल्याणकारी कोष निर्माणमा सरोकारवाला निकायलाई अपिल गरेको गर्नुको साथै विनासकारी भुकम्पले होमस्टेलाई पु¥याएको क्षतिले होमस्टे परिवारलाई पिडित बनाएको भन्दै भुकम्प पिडित होमस्टे परिवारलाई तत्काल राहत, सहयोग पु¥याउन एवं ती क्षेत्रहरुमा नमुना पर्यटकिय गाउको घोषणा गर्न सरकार र अन्य सरोकारवाल निकायसंग माग गरेको एसोसिएसनका अध्यक्ष भिम केसीले जानकारी दिए ।
यस्तै होमस्टे एसोसिएसन नेपाल प्रथम राष्ट्रिय सम्मेलनले भीम केसीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवलपरासीको पर्यटकी गाउ थारु होमस्टे अमलटारीमा दुई दिन सम्म चलेको सम्मेलनले उपाध्यक्षहरुमा परशुराम चौधरी, केशब वडाल, वेदुमणी निरौला, सारदा आचार्य, बावुराजा महर्जन, धनेश्वर वस्याल, रामबहादुर चौधरीलाई चयन भएका छन् भने महासचिव प्रेमशंकर मर्द्निया थारु, सचिव राजुकमार लामिछाने कोषाध्यक्ष, सुरज वास्तोला र सदस्यहरुमा पूर्णचन्द्र उपाध्याय, आङमाया शेर्पा, रुपेश गुरुङ्ग, चुरामणी पौडेल, कृष्ण चौधरी, कौशिला मैनाली, चुन्नु आचार्य, दिलकुमारी राना, गंगादेवी हैजु महर्जन, सोमलाल महत्तो, सुन्दरी खतिवडा, मनोस घले, रामकुमार श्रेष्ठ र धनकुमार आले चयन भएका छन् ।