उवासंघमा नयां कार्यसमितिलाई अभिमुखिकरण

चितवन, ०९ फागुन । उद्योग वाणिज्य संघ–चितवनका नयां कार्यसमितिलाई नारायणगढमा अभिमुखीकरण प्रदान गरिएको छ ।

संघको आयोजनामा एक कार्यक्रम गर्दै २०७२/२०12733421_789976787813446_6948290059637960356_n७४ कार्यकालका लागि निर्वाचित कार्यसमितिलाई अभिमुखीकरण प्रदान गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा संघका अध्यक्ष राजन गौतमले २ वर्षे कार्यकाललाई सफल पार्न कार्यसमिति सदस्यहरुको अभिमुखीकरणले मद्दत पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
भने पूर्व अध्यक्ष उदयकुमार श्रेष्ठले कार्यसमितिको जिम्मेवारी र उत्तरदायित्वको साथै कार्यसमितिले र कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षण दिएका थिए । यसैगरी अर्का पूर्व अध्यक्ष रामप्रसाद श्रेष्ठले संघलाई विधिवत रुपमा सञ्चालन गर्न संघको विधान र त्यसको परिधि भित्र बसेर गर्नुपर्ने कार्यको बारेमा प्रकाश पारे ।
अभिमुखीकरण कार्यक्रममा उपस्थित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरुले राख्नुभएको विभिन्न जिज्ञाशाहरुको जवाफ पूर्व अध्यक्षद्वय रामप्रसाद श्रेष्ठ र उदयकुमार श्रेष्ठले दिए । वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा संघका कार्यसमिति र पूर्व अध्यक्षको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.