उपाधी एस ओ एस स्कुललाई

भरतपुर, ९ फागुन । चितवन जिल्लामा सञ्चालन भएको दोस्रो जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि एसओएस हर्मन माइनर उच्च मावि भरतपुरले जितेको छ । आइतबार भएको फाइनल खेलमा एसओएसले कालिका उच्च मावि ज्योतिनगरलाई दुई शून्य गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो ।12516285_1035002839874854_2080896740_n

नेपाल विद्यालय फुटबल संघ चितवनको आयोजनामा भएको प्रतियोगिताको विजेता एसओएस स्कुलले नगद १० हजार रुपैयाँ, गोल्ड मेडल र प्रमाणपत्र पाएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कालिका बोर्डिङ स्कुल प्रतियोगितको उप विजेतामा चित्त बुझाउँदै सात हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । पाँच ठाउँमा भएको छनौट चरणको खेलमा चितवनका विभिन्न ४८ वटा विद्यालय सहभागी रहेका थिए ।

प्रतियोगिता अवधिभरी राम्रो खेल प्रदर्शन गर्दै कालिका बोर्डिङ स्कुलका मनिस गुरुङले बेष्ट प्लेयरको उपाधी हात पारे । त्यसैगरी, बेष्ट गोल किपरको उपाधी एसओएस स्कुलका प्रदीप पेटवार, बढी गोल कर्ता बाल्मीकि शिक्षा सदन उच्च माविका अमित घलेलाई समेत पुरस्कार प्रदान गरिएको थियो । सेमी फाइनल सम्म पुग्न सफल भएका विद्यालयहरुलाई समेत नगद दुई दुई हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यसैगरी, अनुशासित टिमको रुपमा हिमालयन बोर्डिङ, डेजी आवासिय उच्च मावि, सनफ्लावर बोर्डिङ, सनराइज ईंग्लिस स्कुल र कमलदेवी ईंग्लिस स्कुलले पुरस्कार हात पारे ।

प्रतियोगिताको समापनका अवसरमा प्रमुख अतिथि रहेका नेपाल विद्यालय फुटबल संघका केन्द्रीय अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले चितवनमा फुटबल एकेडेमी सञ्चालनको लागि केन्द्रमा कुरा राख्ने बताए । भ्रष्टाचारको कारण नेपाली फुटबल धराशायी भएको भन्ने प्रष्ट भएको उल्लेख गर्दै शेर्पाले पछिल्लो समय नेपाललाई दुई वटा अन्तर्राष्ट्रिय उपाधी मिलेको बताए ।12736444_1035656223142849_970108303_n

कार्यक्रममा नेपाल राष्ट्रिय अभिभावक संघ चितवका अध्यक्ष टेकबहादुर थापा, प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ, भीमोदय उच्च माविका सहायक प्रधानाध्यापक प्रकाश ढकाललगायतले मन्तव्य राखेका थिए । नेपाल विद्यालय फुटबल संघ चितवनका अध्यक्ष धनप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा धनप्रसाद रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.