शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा १४ गतेदेखि

चितवन, ९ फागुन । शिक्षा सेवा आयोगबाट लिइने लिइने अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षा यही फागुन १४ गतेदेखि हुने भएको छ । अध्यापन अनुमति पत्र र बढुवाको परीक्षा समेतको गरी जिल्ला शिक्षा कार्यालय चितवनले परीक्षा केन्द्रहरु तोकेको छ ।teacher

आइतबार कार्यालयले निकालेको सूचना अनुसार निम्न माध्यमिक विद्यालय, माध्यमिक विद्यालय र प्राथमिक विद्यालय तहको अध्यापन अनुमति पत्र फागुन १४ देखि १६ गतेसम्म तोकिएको हो । कार्यालयले भरतपुर र नारायणगढमा परीक्षा केन्द्र तोकेको छ । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको लागि फागुन १५ गते परीक्षा हुने कार्यालयले जनाएको छ ।

फागुन १४ गते हुने माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाको लागि सिम्बोल नम्बर एक देखि दुई सयसम्म बालकुमारी उच्च मावि, दुई सय एकदेखि चार सयसम्म चितवन उच्च मावि, चार सय एकदेखि छ सयसम्म नारायणी नमूना उच्च मावि र छ सय एकदेखि सात सय ५२ सम्म भरतपुर उच्च माविमा परीक्षा केन्द्र कार्यालयले निकालेको सूचनामा जनाइएको छ ।

त्यसैगरी, फागुन १५ गते हुने निमाविको अध्यापन अनुमति पत्रको लागि आदिकवि भानुभक्त उच्च माविमा सिम्बोल नम्बर १ देखि दुई सय सम्म, बालकुमारी कन्या उच्च माविमा दुई सय एक देखि चार सयसम्म, बालकुमारी उच्च माविमा चार सय एक देखि छ सय सम्म, चितवन उच्च मावि भरतपुरमा छ सय एकदेखि आठ सय सम्म, नारायणी नमूना उच्च माविमा आठ सय एकदेखि एक हजार सम्म र भरतपुर उच्च माविमा एक हजार एकदेखि एक हजार एक सय ७७ सिम्बोल नम्बरसम्मका परीक्षार्थीको परीक्षा हुने बताइएको छ ।

बढुवा तर्फको अध्यापन अनुमति पत्रको लागि भने फागुन १६ गते भरतपुर उच्च माविमा परीक्षा सञ्चालन हुने बताइएको छ । सबै परीक्षा दिउँसो १ बजेदेखि सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.