कर्मचारी आन्दोलनमा

चितवन, ९ फागुन । चितवन मेडिकल कलेज भरतपुरका कर्मचारी तथा मजदुरहरुले अस्पताल प्रशासनले आफ्ना मागको वेवास्ता गरी गाली गलौज गरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आइतवार कलेज परिसरमा पत्रकार भेटघाटको आयोजना गरी अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाइ श्रमिक संघ, इकाई कमिटि सिएमसिले विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । बर्षदेखि अस्पतालमा सेवा गर्दै आएका कर्मचारीहरुलाइ स्थायी नियुक्ति पत्र दिनुपर्ने माग उनिहरुको रहेको छ । सिएमसि अस्पतालले कमिटिसंग २०६६ साल फागुन ११ गते गरेको सम्झौता कार्यान्वयन नगरेकोले संघर्षका कार्यक्रम गर्नुपरेको कमिटिले जनाएको छ ।
पटक पटक अस्पताल प्रशासनलाई सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दा समेत अटेर गरेकोले १० बुंदे माग राख्दै संघर्ष गर्न लागेको कमिटिकी अध्यक्ष सरस्वती ढकालले बताएकी छन् । ढकालका अनुसार कर्मचारीले आफ्ना माग राख्दा अस्पताल प्रशासनले कर्मचारीलाइ हाजिर गर्न नदिने, जागिर खाइदिने, कर्मचारी सरुवा गरिदिने लगायतका धम्किहरु दिंदै आइरहेको छ । महंगी संगै तलब बृद्धि गर्नुपर्ने, मजदुरहरुको वीमा गर्नुपर्ने, स्थायी कर्मचारीहरुको संचयकोष कट्टि गरिनुपर्ने लगायतका मागहरु मागपत्रमा उल्लेख गरिएको छ ।
आफ्ना सम्पुर्ण मागहरु अस्पताल प्रशासनले कार्यान्वयन नगरे सोमवार छलफलको लागि अनुरोध गर्ने कमिटीले जनाएको छ । छलफल कार्यक्रमलाई पनि वेवास्ता गरे फागुन ११ गते प्रशासन प्रागंणमा कालो झण्डा गाड्ने, फागुन १३ र १४ गते अस्पतालमा नारावाजी लगाउने, फागुन १६ देखि १९ गतेसम्म हातमा कालोपट्टि बाध्ने कार्यक्रम कमिटीले तय गरेको छ ।
यस्तै, २० गतेदेखी २६ गतेसम्म प्रशासनको नियम पालना नगर्ने र २७ गतेदेखी ३ गतेसम्म आंफुले प्रयोग गर्दा हुने औजार सामानहरु प्रशासन प्रमुखको प्रवेश गेटमा डम्पिङ गर्ने समेत कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.