मगनी चोकमा वेबारिसे सामानहरु फेला

अनिल दराई
खैरहनी, ०९ फागुन । ईलाका प्रहरी कार्यालय खैरहनीले मगनी चोक पर्सा बजारमा आज (आईतबार) बेवारिसे सामाहरु फेला पारेको छ । मगनी चोक पर्सा बजारमा आज दिउँसो ३ बजे प्रहरीले विभिन्न सामाहरु फेला पारेको हो ।

उक्त स्थानबाट स्यामसुम ग्यालेक्सि मोबाईल सेट एक थान, नोकिया मोबाईल सेट एक थान, जेबी मोबाईल सेट एक थान, न्युरोन ट्याबलेट एक थान, ह्याण्ड ब्याग एक थान र टि–सर्ट एक थान फेला पारिएको प्रहरीले जनाएको छ ।

सो सामानहरु मोबाईल व्यापारीको हुन सक्ने प्रहरीको अनुमान छ । आफ्ना सामान छुटेको वा हराएको भए ईलाका प्रहरी कार्यलय खैरहनीमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।