वीरगंजको नारायणी एफएममा आक्रमण

 

पर्सा, ९ फागुन । पर्साको बीरगञ्जमा रहेको सामुदायिक रेडियो नारायणी एफएममा अज्ञात समुहले आक्रमण गरेको छ । गएराती १ बजेतिर आपराधिक समुहले रेडियोमा तोडफोड र आक्रमण गर्न गएको समुहले सुरक्षा गार्ड वृजमोहन यादवलाई कुटपिट गरेको छ । अज्ञात समूहको कुटपिटबाट यादव घाइते भएपछि उपचार भइरहेको रेडियोले जनाएको छ ।

यसैबीच रेडियोमा भएको आक्रमणको घटनाप्रति सामुदायिक रेडियो प्रशारक संघ ९अकोराब० ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वीरगञ्ज श्रीपुरस्थित एफएमको कार्यालयमा हतियारसहित आएका अज्ञात समूहले कार्यालयको चाबी माग्दै ढोका तोडफोड गरेको र सुरक्षा गार्डलाई समेत घाइते बनाएको घटनाको छानबिन गर्न प्रशासनसँग अकोराबले माग गरेको छ ।

पत्रकार र स्वतन्त्र, निस्पक्ष रुपमा सञ्चालित रेडियोको सुरक्षालाई थप जटिल बनाउने यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कारबाही गर्न अकोराबले माग पनि गरेको छ । अकोराबका अध्यक्ष मोहन चापागाँइले निकाल्नु भएको विज्ञप्तिमा स्वतन्त्ररूपमा सञ्चालनमा रहेको सामुदायिक रेडियोलाई लक्षित गरी भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर गरिएको छ । यसअघि रेडियोका पत्रकार माधुरी महतो र सुरेश बिडारीमाथि पनि आक्रमणको प्रयास भएको थियो ।