होमस्टे एशोसिएसन नेपालमा भीम केसी

 

कावासोती, ९ फागुन । क्षमता विकास, ब्यवसायिक संस्था आजका कार्यभार , संस्कृति प्रकृति अनि जैविक बिविधता होमस्टेको आधार भन्ने नाराका साथ भएको होमस्टे ९ घरबास० एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनले भीम केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

fffff
नवलपरासीको थारु होमस्टे अमलटारीमा दुई सम्म चलेको सम्मेलनले उपाध्यक्षहरुमा परशुराम चौधरी, केशब वडाल, वेदुमणी निरौला, सारदा आचार्य, बावुराजा महर्जन, धनेश्वर वस्याल, रामबहादुर चौधरीलाई चयन गरेको हो ।
महासचिव प्रेमशंकर मर्दनियाथारु, सचिव राजुकमार लामिछाने कोषाध्यक्ष, सुरज वास्तोला र सदस्यहरुमा पूर्णचन्द्र उपाध्याय, आङमाया शेर्पा, रुपेश गुरुङ्ग, चुरामणी पौडेल, कृष्ण चौधरी, कौशिला मैनाली, चुन्नु आचार्य, दिलकुमारी राना, गंगादेवी हैजु महर्जन, सोमलाल महत्तो, सुन्दरी खतिवडा, मनोस घले, रामकुमार श्रेष्ठ र धनकुमार आले चयन भएका छन् ।
७० निजी र ८० सामुदायिक होमस्टेका दुई सय ५० प्रतिनिधि र ५० पर्यवेक्षकगरी तीन सय सहभागी सम्मेलनले होमस्टे सञ्चालनका व्यापक छलफल भएको थियो । नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई दिदै एमाले पर्यटन बिभाग प्रमुख सुर्य थापाले नमूना होमस्टे सञ्चालनले पर्यटकलाई समेत आकर्षण गर्ने भएकाले नमूना हुने गरी होमस्टे सञ्चालन गर्न आग्रह गरे ।
प्रत्येक प्रदेशबाट तीनवटा नमूना होमस्टे सञ्चालनले समृद्धिको आधार तयार गर्ने भन्दै नेता थापाले होमस्टेहरु ग्रामीण अर्थतन्त्रको बलियो खम्बा भएको बताए । कार्यक्रममा ।टानका अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन बोर्डका सदस्य पूर्ण कुँवर, राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका प्रथम उपाध्यक्षमा सिएन पाण्डे लगाएकाले निर्वाचित पदाधिकारीलाई बधाई दिएका थिए ।
सम्मेलनको संस्कृति ,पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्द पोखरेलले शनिवार उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.