टिहरी जलविद्युत आयोजनाको निरीक्षण गरी दिल्ली फर्किए ओली

काठमाडौं, फागुन ९ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले आज उत्तराखण्डस्थित भारतको प्रमुख जलविद्युत आयोजनको अवलोकन गरेका छन् ।
ओलीले टिहरी जलविद्युत आयोजनाको निरीक्षण गरेका हुन् । उनी भारतीय सेनाको हेलिकोप्टरबाट टिहरी पुगेर दिउँसो दिल्ली फर्किएका हुन् ।
ओलीलाई भारतका केन्द्रीय उर्जामन्त्री पियुष गोयलले जलविद्युत आयोजनाका बारेमा जानकारी दिएका थिए । ओलीको स्वागतमा उत्तराखण्डका पर्यटनमन्त्री दिनेश धनै उपस्थित थिए ।
ओलीका साथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा लगायत केही उच्च अधिकारी टिहरी पुगेका थिए । ओलीको दिल्ली भ्रमण टोली जम्बो भएकाले सबैलाई टिहरी लैजान असजिलो भएपछि भारत सरकारले केही विशिष्ट व्यक्तिलाई मात्र टिहरी भ्रमणमा सामेल गराएको थियो । भ्रमण टोलीमा रहेका अन्य सदस्यलाई भने ताजमहल घुम्ने मौका दिइएको थियो । (एजेन्सीहरुको सहयोगमा)

.