ग्रामिण पर्यटन देश बिकाशको आधार: मन्त्रि पोख्रेल

दयाराम आचार्य
नवलपरासी,फागुन ८ । ग्रामिण पर्यटन समग्र देश बिकाशको आधार भएको संस्कृति पर्यटन तथा नागरीक उडड्यान मन्त्रि आनन्द प्रसाद पोखरेल बताउनु भयो ।
कृषि नेपालको प्राण भएपनि कृषिमा जुन रुपमा अन्य देशमा आर्थिक अनुदान दिने गरेका छन त्यो हिसाबमा अनुदान दिन नसकीएको उहाले बताउनु भयो ।
आत्मनिर्भर कृषिकालागी नेपाली कृषि टिकिरहने हुनाले मुलुकको समृद्धिको लागि रोजगारीको लागि पर्यटन भन्दा अर्को बिकल्प नरहेको उहाले बताउनु भयो ।
होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई नवलपरासीको कावासोती १५ होमस्टेमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
कार्यक्रमममा बोल्दै उहाले प्रत्यक जनजातिका संस्कृतिहरु नेपालको पर्यटकीय बस्तुहरुको महत्वपुर्ण आधार रहेको बताउदै मुलुको सम्बृद्धिका लागि सास्कृतिक र धार्मिक पर्यटन महत्वपुर्ण हुने उहाले बताउनु भयो ।
यस्तै उहाले नवलपरासी गौतम बुद्धको मावली थलोको रुपमा रहेको बताउदै नवलपरासीलाई पनि लुम्बिनि बिकाशकोषमा समेटि प्रर्वद्धन गर्दै पर्यटन बिकाशको लागि महत्वपुर्ण आधारको रुपमा अगाडि बढाउने बताउनु भयो ।
यस्तै लुम्बिनि अञ्चललाईनै बृहत्तर लुम्बिनि बिकाशको आधारमा बिकाश गरी पर्यटन प्रर्वद्धनका लागि सरकार अगाडि बढने बताउनु भयो ।
होमस्टे एशोसीयसन नेपालका केन्द्रिय संयोजक परशुराम चौधरीको सभापतित्व तथा संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्रि आनन्द प्रसाद पोख्ेरलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय पर्यटन विभाग प्रमुख सुर्य थापा,डब्लु डब्लु एफका बरिष्ठ निर्देशक सन्तोष मणी नेपाल,कावासोती नगरपालिका का कार्यकारी मान बहादुर खड्का,नेकपा एमाले केन्द्रिय सदस्य तिलक महत,नेकपा एमाले नवलपरासीका अध्यक्ष रोशन गाहा ,पत्रकार महासंघ नवलपरासीका अध्यक्ष नारायण शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
प्रथम राष्ट्रिय सम्मेलनमा ३१ जिल्लाका एक सय ६० जना प्रतिनिधिको उपस्ििथत रहेको छ । सम्मेलन आईतवार नया नेतृत्व चयन गर्दै सकिने छ ।