विद्यालय फुटबल संघको जिल्लाव्यापी फुटलब

चितवन, ०८ फागुन । नेपाल विद्यालय फुटबल संघ चितवनले आयोजना गरेको जिल्लाव्यापी विद्यालय स्तरीय फुटलब प्रतियोगिताको सेमी फाइनल बाल्मीकि शिक्षा सदन र कालिका बोर्डिङ स्कुलबीच हुने भएको संघका अध्यक्ष धनप्रसाद रेग्मीले जानकारी दिए ।

कालिका बोर्डिङ स्कुल बाइ पाएर सेमी फाइनलमा गएको हो । त्यसैगरी, शनिबार भएको क्वाटर फाइनलमा मोहना उच्च माविकालाई शून्यका विरुद्ध पाँच गोल गर्दै बाल्मीकि शिक्षा सदन सेमी फाइनलमा प्रवेश गरेको हो । शनिबार नै भएको भीमोदय उच्च मावि र एसओएस बीचको खेलमा एसओएस हर्मन माइनर स्कुल फाइनलमा प्रवेश गरेको छ ।

चितवनका विभिन्न ५० वटा विद्यालयबीच भएको छनौट चरणबाट पाँच वटा विद्यालय क्वाटर फाइनलमा प्रवेश गरेका थिए । नेपाल उच्च माविको खेल मैदानमा भएको खेलबाट मोहना उच्च मावि, टिकौली चौरमा आयोजना गरिएको खेलबाट भीमोदय उच्च उच्च मावि, एसओएस हर्मन माइनर उच्च माविमा भएको खेलबाट एसओएस, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आयोजना भएको छनौट खेलबाट बाल्मीकि शिक्षा सदन र सारदानगर उच्च माविमा भएको छनौट खेलबाट कालिका बोर्डिङ स्कुल क्वाटर फाइलनमा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published.