नारायणी टु डे पत्रिकाको १६औं वार्षिकोत्सव

 

चितवन, ०८ फागुन । नारायणी टु डे मासिक पत्रिकाले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । पत्रिकाले औपचारिक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । 12745509_1153316658060282_8803489708706535788_nपत्रिकाले चितवनमा रहेर यहाँको विकृति र विसंगती विरुद्ध विगत १५ वर्षदेखि निरन्तर रुपमा कलम चलाउँदै आएको छ ।

पत्रिकाले चितवनको पत्रकारितामा नयाँ आयाम थपेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । निडर र निर्भिक पत्रकारिताको पर्यायको रुपमा नारायणी टुडे पत्रिकालाई लिन सकिने वक्ताहरुको भनाइ थियो । पत्रिकाको वार्षिकोत्सवको अवसर पारेर पत्रिकाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर सीबी पुनलाई सम्मान समेत गरेको छ । भरतपुरमा रहेर क्यान्सर पीडित जनताको सेवा गरे बापत उनलाई सम्मान गरिएको पत्रिकाका प्रधान सम्पादक वीरेन्द्रमणि पौडेलले बताएका छन् ।

सम्मानीत व्यक्तित्व पुनले आफूलाई उक्त सम्मानले थप जिम्मेवार बनाएको प्रतिकृया दिए । बिरामीको सेवा र उपचारमा गहन रुपमा लाग्न सम्मानले उत्प्रेरणा थपेको पुनले बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवनका अध्यक्ष हरि पोखरेललगायतले मन्तव्य राखेका थिए । चितवन जिल्ला अदातलका न्यायाधिश प्रमुख अतिथि रहेको कार्यक्रम प्रधानसम्पादक वीरेन्द्रमणि पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.