स्वास्थ्य तथा ट्रफिक शिक्षाको विषयमा सचेतना मुलक हाजिरिजवाफ

 

करुणा देवकोटा
चितवन, ०८ फागुन । स्वास्थ्य तथा ट्रफिक शिक्षाको विषयमा सचेतना जगाउन शनिवार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । quizविज्ञान संकायमा प्लस टु अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगितामा १६ वटा उच्च माद्ययामिक विद्यालयहरु सहभागी रहेका थिए । प्रतियोगितामा प्रेरणा उच्च मा.वि प्रथम भएको छ भने एस.ओ.एस उच्च मा.वि द्धितिय भएको छ । यस्तै बाल्मिकी शिक्ष्ँँ सदनले तृतिय स्थान हांसिल गरेको छ भने बालकुमारी उच्च.माविले सान्त्वना स्थान हांसिल गरेको छ ।

चितवनमा रहेर स्वास्थ्य, सामाजिक र आर्थिक क्ष्ँेत्रमा भुमिका खेल्दै आएका संघ संस्थाहरुको संयुक्त पहल र आयोजनामा कार्यक्रम गरिएको हो । श्री पुष्पाञ्जली अस्पताल प्रा।लि, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, नेपाल रेडक्रस सोसाइटी चितवन र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा भएको कार्यक्रममा मधुमेह समाज चितवन र नेपाल हार्ट फाउण्डेशन चितवन सह आयोजक रहेका थिए । समाजमा हुने स्वास्थ्य र सामाजिक समस्याहरुलाई कम गराउन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा चितवनका स्थानिय विकास अधिकारी श्रवण कुमार पोखरेल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै पोखरेलले यस्ता कार्यक्रमहरुले आमजनमानसहरुमा सचेतना जगाउन मद्दत पुग्ने बताएका छन् । पछिल्लो समयमा विद्यार्थीहरुमा ट्राफिक तथा स्वास्थ्य प्रति खासै चासो भइरहेको छैन ।

यस्तो अवस्थामा कार्यक्रमहरुको आयोजना गरी सचेत गराउन उपयुक्त भएको पोखरेलको भनाई छ । कार्यत्रममा श्री पुश्पाञ्जली अस्पताल प्रा.लि का डा. भोजराज अधिकारी, नेपाल हार्ट फाउण्डेशन चितवनका भोजराज कौडेल, नेपाल मधुमेह समाज चितवनका केशव देवकोटा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्ष्ँक वसन्त बहादुर कुंवर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्ष्ँक राजन भेटवाल, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाािण्ज्य संघ चितवनका अध्यक्ष्ँ राजन गौतमको अध्यक्ष्ँतामा सम्पन्न भएको हो ।

हाजीरिजवाफ प्रतियोगितामा स्वास्थ्य, ट्राफिक, जनसरोकारका विषय, आदि बारे प्रश्नहरु सोधिएको थियो । चितवनमा बढ्दै गएको शहरीकरण र यसको प्रभावबाट हुने युवाहको ट्राफिक सम्बन्धि अज्ञानता अथवा लापरवाहीको कारण हुन सकने ट्राफिक दुर्घटनालाई कम गर्न सचेतनाको आवश्यकता रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा प्रमुख राजन भेटुवालले जानकारी दिएका छन् ।

यस्तै, युवा जनशक्तिबाट चितवनको रगतको बढ्दो मागलाई सम्बोधन गर्न रक्तदानको महत्व बारे बुझाउन आवश्यक रहेको छ । उच्च रक्तचाप र मधुमेह पनि सामाजिक समस्याका समस्याका रुपमा देखा पर्न थालेकाले सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको हो ।

पछिल्लो समयमा सर्ने भन्दा नसर्ने रोगहरुका कारण मानव जिवन नै संकटमा धकेलिन थालेकोले सचेतना कार्यक्रमहरु गर्न लागेको आयोजक संस्थाहरुले बताएका छन् ।